यस वर्ष प्राकृतिक कारणले धेरै गैँडा मरेका

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
यस वर्ष प्राकृतिक कारणले धेरै गैँडा मरेका

सारांश

  • चितवन, १० चैत ।
  • चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा प्राकृतिक कारणले चालु आर्थिक वर्षमा ३९ गैँडा मरेका छन् ।
  • प्राकृतिक कारणले एकै वर्षमा यति धेरै गैंँडा मरेको हालसम्मकै यो पहिलो हो ।

चितवन, १० चैत । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा प्राकृतिक कारणले चालु आर्थिक वर्षमा ३९ गैँडा मरेका छन् । प्राकृतिक कारणले एकै वर्षमा यति धेरै गैंँडा मरेको हालसम्मकै यो पहिलो हो । सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए । विसं २०५८ मा एकैवर्ष ३७ वटा गैँडा चोरी शिकारीले मारेका थिए । त्यसपछिका वर्षमा चोरी शिकार क्रमशः घट्दै गएर नियन्त्रणमा आएको थियो ।

यसवर्ष प्राकृतिक कारणले हालसम्मकै धेरै गैँडा मरेपछि संरक्षणका क्षेत्रमा चासो र चिन्ता बढेको छ । वर्षेनी ठूलो सङ्ख्यामा प्राकृतिक कारणबाट गैँडाको मर्ने क्रम बढेसँगै संरक्षणका लागि सरकार र दातृ निकायको ध्यान जानु आवश्यक छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार हालसम्मकै धेरै गैँडा प्राकृतिक कारणले मरेपछि यसको कारणको खोजी भइरहेको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुँधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बुढो भएर कालगतिबाट मर्ने गरेका छन् ।

गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले सङ्ख्या बढ्दै गएपछि प्राकृतिक कारणले मर्नेको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो । अघिल्लो वर्षको बाढीले गैँडाको समूहलाई तितरवितर बनाएपछि प्राकृतिक कारणले बढी गैँडा मरेको ढकाल बताउनुहुन्छ ।

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । यसअघि चोरी शिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ वटा गैँडा मारिएका थिए । २०७३ साल चैत २५ गतेपछि चोरी–शिकारीबाट भने गैँडा मर्न पाएका छैनन् ।

पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि दाताको टुङ्गो नलाग्दा गणनाको मिति तय भएको छैन ।

सेफ्टी ट्याङ्कीमा परेर गैँडा म¥यो

भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगर ल्याण्ड होटलको सेफ्टी ट्याङ्कीमा परेर शनिबार राति एउटा गैँडा मरेको छ । निकुञ्जसँगै रहेको सो होटलको सेफ्टी ट्याङ्कीको ढकनी कमजोर भएका कारण गैँडा ट्याङ्कीमा खसेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी २५ वर्षको पोथी गैँडा ट्याङ्कीमा खसेको हो । बाहिर निस्कन नसकेपछि निस्सासिएर गैँडा मरेको उहाँले बताउनुभयो ।

अहिले मरेको गैँडालाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । गैँडाको ढाड मात्र देखिएको छ । झण्डै ६ महीनाअघि सुस्ताबाट उद्धार गरी ल्याइएको गैँडा ट्याङ्कीमा खसेको ढकालले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
टरिजा मेले पद छाड्ने बताएसँगै ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु
टरिजा मेले पद छाड्ने बताएसँगै ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु
आलु भित्रै रात विताउने विचार छ कि ?
आलु भित्रै रात विताउने विचार छ कि ?
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
‘रअ‘ प्रमुख भेटेर पनि भेटिन भन्ने नेताहरु
‘रअ‘ प्रमुख भेटेर पनि भेटिन भन्ने नेताहरु
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…
अदालतको अवहेलना प्रधानन्यायाधीशले गरे : गोविन्द केसी
अदालतको अवहेलना प्रधानन्यायाधीशले गरे : गोविन्द केसी
जनादेशको सन्देश : पुरानालाई संकट, नयाँ झाँगिँदै
जनादेशको सन्देश : पुरानालाई संकट, नयाँ झाँगिँदै
दाङमा एक मात्रै महिला उम्मेदवार
दाङमा एक मात्रै महिला उम्मेदवार
स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल
स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल