नमुना युवा संसदीय अभ्यासको अभिमुखीकरण कार्य सम्पन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
४१ पटक हेरिएको
Shares
नमुना युवा संसदीय अभ्यासको अभिमुखीकरण कार्य सम्पन्न

सारांश

  • हेटौडा, १० असार ।
  • जिल्ला युवा समिति मकवानपुरद्वारा रास्ट्रिय युवा परिषदको नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रम अन्तर्गत मनहरी गाउपलिकाको सहकार्यमा प्रत्येक वडामा स्थापित युवा क्लबका पदाधिकारीहरुको लागी अभिमुखीकारण कार्यक्रम सम्पन्न गरेको छ।
  • मनहरी गाउपलिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख अथित्यता र पुर्ब सांसद राजाराम स्यन्तानको बिशिस्ट अथिति रहेको कार्यक्रममा जिल्ला युवा समितिका जिल्ला अध्यक्ष सन्तोष चौलागाइले युवा संसद गठनको उदेश्य बारेमा प्रकाश पार्नु भएको थियो।

हेटौडा, १० असार । जिल्ला युवा समिति मकवानपुरद्वारा रास्ट्रिय युवा परिषदको नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रम अन्तर्गत मनहरी गाउपलिकाको सहकार्यमा प्रत्येक वडामा स्थापित युवा क्लबका पदाधिकारीहरुको लागी अभिमुखीकारण कार्यक्रम सम्पन्न गरेको छ।

मनहरी गाउपलिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख अथित्यता र पुर्ब सांसद राजाराम स्यन्तानको बिशिस्ट अथिति रहेको कार्यक्रममा जिल्ला युवा समितिका जिल्ला अध्यक्ष सन्तोष चौलागाइले युवा संसद गठनको उदेश्य बारेमा प्रकाश पार्नु भएको थियो।

नमुना संसद स्थापनाले युवाको नेतृत्व तथा क्षमतामा विकास गर्नुका साथै सिप बिकाशमा समेत सहयोग पुर्याउने रहेको बताइएको छ। नेपालको शासन प्रणाली र यसको विकास प्रक्रियाको बारेमा युवाहरुलाई सुसुचित गराउदै युवामैत्री रास्ट्रिय नीति योजना र कार्यक्रम निर्माणका लागि राज्यलाइ सुझाब दिने रहेको छ।

युवालाई बिषयगत दक्षता हासिल गरि सी क्षेत्रको नेतृत्व गर्न सक्षम बनाउनुका साथै प्रथामिकता प्राप्त युवालाई राज्यको मूल प्रवाहमा ल्याउने रहेको छ। राज्यका गाउ तथा नगरलाइ युवामैत्री बनाउनुका साथै दिगो बिकाशका लक्षहरुलाई आ -आफ्ना परिवेशमा स्थानीयकरण र कार्वान्वयनमा नेतृत्व भूमिका खेल्न सक्ने बनाउनु रहेको छ।

युवालाई अधिकार र कर्तब्य प्रति सजक गराउदै राष्ट्रनिर्मार्णमा उत्प्रेरित गर्नुका साथै रास्ट्रिय युवा नीति तथा युथभिजनमा परिलक्षित योजना र कार्यक्रम बनाइ युवाको सर्वतोमुखी बिकाश गर्ने लक्ष रहेको छ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष माधब तिमिल्सिनाको पनि उपस्थिति रहेको थियो भने हेटौडा जेसिसका पुर्व अध्यक्ष अरुण कुमार दाहालले कार्यक्रमलाई सहजीकरण गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?