कर्मचारीलाई काम भन्दा तलब बढाउने पिरलो
सारांश
- काठमाडौं ।
- सरकारले आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहँदा कर्मचारीले तलब बढाउन लबिङ थालेका छन् ।
- आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउने तयारी हुँदै गर्दा कर्मचारीका विभिन्न संगठनले तलब बढाउनका लागि भनसुन थालेका हुन् ।
काठमाडौं । सरकारले आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहँदा कर्मचारीले तलब बढाउन लबिङ थालेका छन् । आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउने तयारी हुँदै गर्दा कर्मचारीका विभिन्न संगठनले तलब बढाउनका लागि भनसुन थालेका हुन् ।
निजामती कर्मचारी संगठनले सरकारका मन्त्री, उच्चपदस्थ कर्मचारीलाई भेट्दै तलब बढाउनुपर्ने माग राख्न थालेका छन् । आगामी बजेटमा तलबभत्ता लगायतका सुविधासमेत बढाउन माग गर्दै लविङ थालेका हुन् ।
कर्मचारीहरू संगठनका नेताले अर्थमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मुख्य सचिव, सचिवलगायत सरकारका उच्चपदस्थ व्यक्ति भेटेर तलब बढाउन माग गर्न थालेका छन् ।
कर्मचारीले कामभन्दा आफ्नै तलब बढाउनको पिरलो भएको सेवाग्राहीले टिप्पणी गर्ने गरेका छन् । आफूलाई दिइएको जिम्मेवारी भन्दा तलब बढाउनपट्टिको लविङमा लागेका छन् । यद्यपी समय समयमा सरकारले कर्मचारीको तलब बढाउँदै आएको छ ।
प्रतिक्रिया