स्मिथ फ्यानका लागि खुशीकाे खबर, क्यारेबियन प्रिमियर लिगमा खेल्दै स्टीभ स्मिथ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
स्मिथ फ्यानका लागि खुशीकाे खबर, क्यारेबियन प्रिमियर लिगमा खेल्दै स्टीभ स्मिथ

सारांश

  • ब्रिजटाउन, बारबाडोस ।
  •   निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् ।
  • उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् ।

ब्रिजटाउन, बारबाडोस ।  निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् ।

दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा बल बिगारेको आरोप लागेपछि क्रिकेट अस्ट्रेलियाले स्मिथलाई १२ महिनाका लागि निलम्बन गरेको थियो । ब्याटिङतर्फ विश्व बरियताक्रममा नं. १ मा रहेका स्मिथमाथि आफ्नो मुलुक वा आफ्नो प्रान्तका लागि पहिलो श्रेणीको क्रिकेट समेत खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ, तर उनलाई क्लब स्तरका खेल खेल्ने अनुमति छ । हालैमात्र उनले क्यानडामा सम्पन्न टि२० क्रिकेट खेलेका थिए ।

बारबाडोस ट्राइडेन्ट्सले छ टोली सहभागी टी२० क्रिकेटमा स्मिथले खेल्ने पक्का भएको र हस्ताक्षर पनि भइसकेको घोषणा गरेको छ । यो क्यारेबियन क्रिकेट सिरिज सन् २०१३ बाट सुरु भएको छ ।
ट्राइडेन्ट्सका प्रशिक्षक रोबिन सिंहले बंगलादेशी अलराउन्डर शकिब अल हसन खेल्न नपाउँदा दुःख लागेको भन्दै स्मिथलाई ल्याउन पाउँदा आफ्नो टिम सशक्त बनेको प्रतिक्रिया दिए ।
ट्राइडेन्ट्सले अगस्ट १२ मा गुयनाको अमेजन वारियर्ससँग पहिलो खेल खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?