सनराइज बैंकले साढे ११ प्रतिशत लाभांश दिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सनराइज बैंकले साढे ११ प्रतिशत लाभांश दिने

सारांश

  • काठमाडौं  १४ मंसिर ।
  • सनराइज बैंकले लगानीकर्तालाई ११ दशमलब ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
  • बैंक सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले लगानीकर्ता लाभांश दिने प्रस्ताव गरेको हो ।

काठमाडौं  १४ मंसिर । सनराइज बैंकले लगानीकर्तालाई ११ दशमलब ५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले लगानीकर्ता लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजीको ११ दशमलब ५ प्रतिशतले हुन आउने ९३ करोड ७५ लाख ४३ हजार रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको हो ।

वाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुगेसँगै लगानीकर्तालाई नगद लाभांश मात्रै घोषणा गर्न थालेका छन् । यसको प्रत्यक्ष असर बैंकको दोस्रो बजारको सेयर मूल्यमा पर्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?