कसले ढाल्छ मेरो सरकार ?: मुख्यमन्त्री राउत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
कसले ढाल्छ मेरो सरकार ?: मुख्यमन्त्री राउत

सारांश

  • रौतहट,  २२ जेठ ।
  • प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राजपा फोरम गठबन्धनको सरकार ५ बर्षसम्म कसैले हल्लाउन नसक्ने दावी गरेका छन्।
  • रौतहट सदरमुकाम गौरस्थित कविर चोकमा संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टीबीच दुई बुंदे सहमतिपश्चात केन्द्रीय सरकारमा फोरम सहभागी भएको प्रष्ट पार्दै प्रदेश २ को सरकार ढल्ने अड्कलबाजीमाथि पूर्ण विराम लगाउदै फोरम राजपा गठबन्धनमा आफनो कार्यकाल पुरा गर्ने दावी गरे।

रौतहट,  २२ जेठ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राजपा फोरम गठबन्धनको सरकार ५ बर्षसम्म कसैले हल्लाउन नसक्ने दावी गरेका छन्।

रौतहट सदरमुकाम गौरस्थित कविर चोकमा संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टीबीच दुई बुंदे सहमतिपश्चात केन्द्रीय सरकारमा फोरम सहभागी भएको प्रष्ट पार्दै प्रदेश २ को सरकार ढल्ने अड्कलबाजीमाथि पूर्ण विराम लगाउदै फोरम राजपा गठबन्धनमा आफनो कार्यकाल पुरा गर्ने दावी गरे।

केन्द्र सरकारमा फोरम सहभागी भएपछि अहिले केही मिडियाबाट कपोकल्पित रुपमा अनावश्यक प्रचार मात्रै गरेर प्रदेश नम्बर २ को सरकार ढाल्ने जस्ता अनर्गल प्रचार प्रसार गरिरहेकोमा आपत्ति प्रकट गर्दै उनले केही अनलाइन पत्रिकाको नामै लिएर पित पत्रकारिताको हदै पार गरिसकेको आरोप लगाए।

संविधानमा दर्जनौ स्थानमा संशोधन गर्नुपर्ने भएकोले संविधान संशोधनको लागि दुई तिहाइ बहुमतको आवश्यक परेको हुनाले फोरम सरकारमा सहभागी भएको बताउँदै मुख्यमन्त्री राउतले संशोधन नगरेसम्म केन्द्रीय सरकार अघि बढ्न नसक्ने ठोकुवा गरे। प्रदेश २ मा मधेशको माग एवं म्याण्डेड अनुसार राजपा र फोरम गठबन्धनको सरकारको बाहेक अन्य कुनै विकल्प नरहेको बताए। नागरीकक दैनिकका अनसुार मोदीको जनकपुर भ्रमणको बेलामा मञ्च व्यवस्थापनदेखि लिएर अन्य अतिथि सत्कारमा भएको खर्च सबै उधारोमा रहेको बताउँदै राउतले केन्द्र सरकारबाट अहिलेसम्म ७ रुपैयाँ प्राप्त नभएको तर ७ करोड खर्च गर्यो भनेर आफूविरुद्ध केही मिडियाले अनर्गल प्रचारबाजी गरेकोप्रति आपत्ति जनाए।

मञ्च बनाउन भारतबाट प्राविधिक टोलीहरु आएर बनाएको त्यो पनि सबै उधारोमा भएको उनले स्पष्ट पारे। गाडी व्यवस्थापन र व्यानरमा ७ करोड रुपैयाँ कहाँ लाग्छ ? उनले प्रश्न गर्दै त्यस्ता पित पत्रकारिता गर्नेलाई जनताहरुले सबक सिकाउने बताए। ‘पाहुनालाई बोलाइदिने तर एक रुपैयाँ नदिने ? यो कस्तो केन्द्र सरकारको नीति हो,’ उनले प्रश्न गरे। प्रदेश नम्बर २ संग स्रोत साधन अत्यन्तै न्यून भएपनि सुशासनको सवालमा अन्य प्रदेश भन्दा राम्रो हुने उनको दावी छ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Vivek Raj

    Write

    Comment Author

    Umesh Ghodasaine

    sala kutta talai

    Comment Author

    Ram Rai

    धेरै फुर्ति नला चाे मु।काकताली परेर भेटेकाे पदकाे दुरुपयाेग नगर।

    Comment Author

    Durga Ghimire

    Jantala dhalcha

    Comment Author

    Arjun Shankar

    म ढाल्छु भनेर कसरी भन्नू

    Comment Author

    Sri Thapa

    ठिक भन्नुभयो तपांईले!!!

    Comment Author

    Naya Khabar

    सोमेथिंग

    Comment Author

    Naya Khabar

    right

    Comment Author

    Tanka Giri

    तेरो पार्टीबाट अलग भएपछी पनि त लाइनै मुख्या मन्त्रीमा बस्न दिन्छ होला त उपेन्द्र यादब ले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
पर्यटन सचिवलाई प्रभावमा पारेर ५ करोड निकासा गर्ने टानको प्रपञ्च
पर्यटन सचिवलाई प्रभावमा पारेर ५ करोड निकासा गर्ने टानको प्रपञ्च
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न राडार गन प्रयोग
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न राडार गन प्रयोग
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
पोर्चुगलमा नेपाली पत्रकारको चर्तिकला…
बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जनाको खनाखत
बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जनाको खनाखत
पत्नीको खातामा १ करोड २७ लाख जम्मा गर्दा जेल चलान भए यी अधिकृत
पत्नीको खातामा १ करोड २७ लाख जम्मा गर्दा जेल चलान भए यी अधिकृत
Kunal Roy Kapur starrer ‘Hotel Milan’ first look poster is out!
Kunal Roy Kapur starrer ‘Hotel Milan’ first look poster is out!
बिजुलीको फलामे खम्बा सार्दा करेन्ट लागेर ४ जनाको मृत्यु
बिजुलीको फलामे खम्बा सार्दा करेन्ट लागेर ४ जनाको मृत्यु
किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …
किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …

तपाईंले छुटाउनुभयो कि?