उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

सारांश

  • गाईघाट , २८ मङ्सिर , पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ ।
  • प्रतिदिन आठसय मेट्रिकटन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको उद्योगले एक हप्तादेखि पूर्ण क्षमतामा आठसय मेट्रिक टन (प्रतिदिन झण्डै चालीस हजार बोरा) सिमेन्ट उत्पादन कार्य शुरु गरेर सिमेन्ट उत्पादनमा उद्योगले नयाँ रेकर्ड कायम गरेको उद्योग प्रशासनले बताएको छ ।
  • उदयपुर जिल्लाको जलजलेमा २८ वर्षअघि जापान सरकारको सहयोगमा स्थापना भएको सो उद्योगले स्थापना कालदेखि प्रतिदिन पाँचसय पचास देखि छ सय मेट्रिकटनसम्म मात्र सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

गाईघाट , २८ मङ्सिर , पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ ।

प्रतिदिन आठसय मेट्रिकटन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको उद्योगले एक हप्तादेखि पूर्ण क्षमतामा आठसय मेट्रिक टन (प्रतिदिन झण्डै चालीस हजार बोरा) सिमेन्ट उत्पादन कार्य शुरु गरेर सिमेन्ट उत्पादनमा उद्योगले नयाँ रेकर्ड कायम गरेको उद्योग प्रशासनले बताएको छ ।

उदयपुर जिल्लाको जलजलेमा २८ वर्षअघि जापान सरकारको सहयोगमा स्थापना भएको सो उद्योगले स्थापना कालदेखि प्रतिदिन पाँचसय पचास देखि छ सय मेट्रिकटनसम्म मात्र सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

लोडसेडिङ तथा प्राविधिक समस्याका कारण सोचे जस्तो सिमेन्ट उत्पादन हुन नसके पनि गत वर्षदेखि केही समस्या समाधान गरेर उद्योगले ७०० मेट्रिकटनसम्म सिमेन्ट उत्पादन शुरु गरेको महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल बताउनुभयो ।

विस्तारै उद्योगमा विद्युत्देखि प्राविधिक कुरामा सुधार हुँदै गएपछि केही दिन अघिसम्म उद्योगले ७६० मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता बनाएको थियो । एक हप्ता यता उद्योगमा पूर्ण क्षमतामा ८०० मेट्रि«कटन सिमेन्ट उत्पादन कार्य शुरु भएको महाप्रबन्धक पौडेलले बताउनुभयो ।

दुई वर्ष अघिसम्म घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षदेखि वार्षिक रु ३५ करोड आर्थिक आम्दानी गर्न थालेको पनि उद्योग प्रशासनले बताएको छ । अब निरन्तर पूर्ण क्षमतामा सिमेन्ट उत्पादन हुने हो भने उद्योगले बार्षिक अरबौँ रुपैयाँ आम्दानी गर्ने पनि महाप्रबन्धक पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
के छन् त प्रधानन्यायाधीश राउतका चुनौती ?
के छन् त प्रधानन्यायाधीश राउतका चुनौती ?
“मोस्ट वाण्टेड”को सूचीमा रहेका शर्मा मन्त्रीको कुर्सीमा विराजमान
“मोस्ट वाण्टेड”को सूचीमा रहेका शर्मा मन्त्रीको कुर्सीमा विराजमान
एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?
एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?
उपेन्द्र यादवले कसैको इच्छा पुरा गर्न सक्दैनन् : अनिल झा
उपेन्द्र यादवले कसैको इच्छा पुरा गर्न सक्दैनन् : अनिल झा
५ जना डीआईजीको नाम एआईजीमा बढुवा गर्न सिफारिस
५ जना डीआईजीको नाम एआईजीमा बढुवा गर्न सिफारिस
अब पक्राउ पर्ने समय टुरिष्ट गाइडहरुकाे
अब पक्राउ पर्ने समय टुरिष्ट गाइडहरुकाे
ललिता निवास प्रकरण : सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै
ललिता निवास प्रकरण : सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै