‘दुई/चार डल्ला फ्याँक्न के पाएको थियो, सन्दीप चम्कियो’: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
‘दुई/चार डल्ला फ्याँक्न के पाएको थियो, सन्दीप चम्कियो’: प्रधानमन्त्री  ओली

सारांश

  • काठमाडाै, १० जेठ ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु अवसर नपाएका कारण पछाडि परेको बताएका छन्।
  • बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले नेपाली युवाहरु अवरस पर्दान गर्न नपाएका कारण पछाडि परेको बताए।

काठमाडाै, १० जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु अवसर नपाएका कारण पछाडि परेको बताएका छन्।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले नेपाली युवाहरु अवरस पर्दान गर्न नपाएका कारण पछाडि परेको बताए। उनले नेपालमा क्षमतावान युवाहरुको कम नभएको भन्दै अवसरका कारण मात्रै पछाडि परेको देखाए।

हालै आइपिएलमा खेलेर आएका युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेको उदाहरण दिँदै उनले भने, ‘दुई चार डल्ला के फ्याँक्न पाएको थियो, सन्दीप चम्कियो।’

सन्दीपले क्रिकेटमा राम्रै चमत्कार गरेको भन्दै उनले लामिछानेको खुलेरै प्रशंसा गरे। प्रधानमन्त्री ओलीले युवाहरुले आफ्नो क्षमता चिनेर त्यसै अनुरुप विकास गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले बालबालिकाले आफ्नो रुची र क्षमता अनुसारकार शिक्षा लिनुपर्ने बताए। उनले हरेक व्यक्तिमा केही न केही क्षमता हुने भन्दै कसैलाई पनि असक्षम भन्न नहुने बताए।

उनले देश विकास र समृद्धिको दिशामा अगाडि बढेको भन्दै अव प्रमाणपत्र बोकेर जागिर खोज्न हिँड्ने प्रचलनको अन्त्य हुने बताए।

मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको पनि उनले दावी गरे। ‘अहिले हामी देश विकास गर्न कस्ता जनशक्ति चाहिन्छ भनेर छलफल गरिरहेका छौँ,’ उनले भने, ‘अब हामी मुलुकलाई चाहिने जनशक्ति मात्र उत्पादन गर्छाैँ।

ती जनशक्तिले आमाबुबाका साथै मुलुकको सपना पूरा गर्नेछन्।’

प्रधानमन्त्री ओलीले शिक्षामा हुने ब्यापारलाई नियन्त्रण गर्ने बताए। उनले भने, ‘निजी क्षेत्रले शिक्षामा गरेको लगानी र योगदानको हामी कदर गर्दछौँ, तर लगानी र योगदानका नाममा शिक्षाका माध्यमबाट लुट मच्चाउने छुट दिँदैनौँ।’

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    कर्ण बलायर

    पागल कूरो

    Comment Author

    Meera Heju

    ल त प्रधानमन्त्रीज्यु ! एकपटक त्यो डल्लो तपाइ यसो फ्याक्नुस त , हामी पनि हेरौ न तपाइको बहादुरी चम्काइ । अर्काको मेहेनतलाई मिनिमाइज नगर्नु होला ।तपाईं सिर्फ ट्यांउ ट्यांउमात्र गर्नुहुन्छ , तर त्यो केटो सन्दीपले देशको नाम चम्काएकोछ ।

      Comment Author

      Rabindra Shrestha

      kuro bujdaina khukurole mutdaina vaneko yehi rahexa. … prasanga k ho padhnu xaina hawama comment haneko xa…

    Comment Author

    Tara Bhujel

    Ke lekheko news bhate haru lekhe detail ma lekha

    Comment Author

    Meera Heju

    त्यही भुषे दिमाग भएका पत्रकार लाई थाहा हुने रहेछ यस्ता कुराहरु । शिर्षक एउटा , लेखाइ अर्को । हामी पनि त्यस्तै , तिन्का कुरा पत्याउने ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकारलाई ठूला कुरा नगरी समयको पालना गर्न बाबुरामको सुझाव
ओली सरकारलाई ठूला कुरा नगरी समयको पालना गर्न बाबुरामको सुझाव
बैशाख १९ गते आइतवारको राशिफल यस्तो छ
बैशाख १९ गते आइतवारको राशिफल यस्तो छ
नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो, चार महिनामा थपियो साढे ५७ अर्ब
नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो, चार महिनामा थपियो साढे ५७ अर्ब
बलात्कारीलाई जन्मकैद सजाय
बलात्कारीलाई जन्मकैद सजाय
मोटरसाइकललाई  ट्रकले ठक्कर दिँदा घटना स्थलमै एक जनाको मृत्यु
मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा घटना स्थलमै एक जनाको मृत्यु
Exactly what is a Mail Purchase Bride? — Facts And Fiction On this Crazy Dating Service
‘के म साँच्चै जीवित छु?’: भग्नावशेषमा फसेका दिदीबहिनीको उद्धारको भावुक कथा
‘के म साँच्चै जीवित छु?’: भग्नावशेषमा फसेका दिदीबहिनीको उद्धारको भावुक कथा
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
मेरो प्रतिस्पर्धी कोही छैन : कांग्रेस नेता निधि
मेरो प्रतिस्पर्धी कोही छैन : कांग्रेस नेता निधि
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश

तपाईंले छुटाउनुभयो कि?