कांग्रेस जिल्ला सभापतिहरूको भेला: कांग्रेस अब कांग्रेस रहेन
सारांश
- काठमाडाै, ७ असार ।
- हेटौंडामा मंगलबारदेखि सुरु भएको कांग्रेस जिल्ला सभापतिहरूको तीन दिने राष्ट्रिय भेलामा सभापतिहरुले कांग्रेस अब कांग्रेस दुखेसो पोखेका छन्।
- बिहिबार (अाज) सम्म् चल्ले उक्त जिल्ला सभापतिहरुको भेलामा बन्द सत्रको पहिलो दिन ३८ जना सभापतिहरुले आफ्नो धारणा राखेका हुन्।
काठमाडाै, ७ असार । हेटौंडामा मंगलबारदेखि सुरु भएको कांग्रेस जिल्ला सभापतिहरूको तीन दिने राष्ट्रिय भेलामा सभापतिहरुले कांग्रेस अब कांग्रेस दुखेसो पोखेका छन्।
बिहिबार (अाज) सम्म् चल्ले उक्त जिल्ला सभापतिहरुको भेलामा बन्द सत्रको पहिलो दिन ३८ जना सभापतिहरुले आफ्नो धारणा राखेका हुन्।
बर्दीया जिल्लाका सभापति संजय गौतमले पार्टी अव्यवस्थित भएको र पार्टीभित्र गुटबन्दी मौलाएकाले पार्टीलार्इ जनताले हेर्ने नजरपनि परिवर्तन भएको सभापति भेलामा बताएका छन्।
सभापति गौतमले कांग्रेस अब कांग्रेस नरहेको बताए। उनले जिल्लाका सभापतिलार्इ पार्टी विधानले दिएको अधिकार पनि नेतृत्वले कटौती गरिदिएको गुरासो भेलामा गरेका हुन्।
‘निर्वाचनका बेला मनमर्जि गरेको पार्टी नेतृत्वप्रति सभापति भेलामा हामीले बिरोध गरेका छौं’ उनले भने,’१३ औं महाधिवेशनपछि कांग्रेस कांग्रेस रहेन, पार्टीभित्र न्याय र विवेक पनि बाँकी नरहेको कुरा पनि हामीले गम्भिरतापूर्वक उठाएयौं।’
त्यस्तै धादिङ जिल्लाका सभापति रमेश धमलाले पनि पार्टी पहिले जस्तो नरहेको उक्त जिल्ला सभापति भेलामा गुनासो गरेको बताए। उनले पार्टी निर्माणमा सबै नेता कार्यकर्तालार्इ सँगै लिएर जानुपर्ने धारणा भेलामा राखेका हुन्।
‘कांग्रेसमा वर्तमान समयमा देखिएका समस्याहरु सामाधान गरेर अगाडि बढ्न पार्टी नेतृत्वलार्इ सुझाव दियौं’ धमलाले भने,’पार्टी विधानमा गरिएको लापरबाही पनि सुधार गर्न हामीले सुझाव दियौं’ पार्टीमा मौलाएको गुटबन्दीको अत्य गर्नुपर्ने धारणा उक्त भेलामा आफुले राखेको धमलाले बताए।
त्यस्तै पर्सा जिल्लाका सभापति अजय द्विवेदीले पनि भेलामा आफुहरुले पार्टीको नेतृत्वमा भएको अहमता त्याग्नुपर्ने धारणा राखेको बताए।
‘हामीले पार्टीको नेतृत्वमा भएको अहमता हट्नुपर्ने कुरामा जोड दिएका थिए’ पार्टी नेतृत्वले जनतालार्इ कांग्रेस हाम्रो पार्टी हो भन्ने भाव जगाउन सकेन, त्यसैले पार्टी नेतृत्व पनि सुध्रिनुपर्ने र कांग्रेस जनताको पार्टी हो भन्ने भव जगाउनु पर्ने कुरामा हामीले जोड दिएका हाैँ ।’
कांग्रेसका युवा नेता गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी लगायतले बुधबार जिल्ला सभापतिहरूलाई ५१ पृष्ठ लामो पार्टीको कार्यदिशा र कार्यक्रम बाँडेका थिए। यसअघि केन्द्रीय समितिको चुनावी समीक्षा बैठकमा प्रस्तुत अवधारणालाई हेरफेर गरी सभापतिहरूलाई बाँडेका हुन्।
निर्वाचनमा पराजयसंगै कांग्रेसजनमा उत्साह हराएको छ, किन? भन्ने प्रश्न उठाउँदै जिल्ला सभापतिलार्इ दिइएको पत्रमा अहिलेको कांग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह हुन नसक्ने र अब नेतृत्व परिवर्तनको हुनुपर्ने धारणा व्यक्त गरिएको छ।
Kc Ganesh
बयोबृद्द नेता सुशील कोइराला को टाउकाे मा दुलाे पारेकै दिन देखि काङरेस लाई दसाले कुत्कुत्याको ।