भारतले किन बढायो नेपालीलाई पेन्सन?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ८, २०७३
|
|
१४४ पटक हेरिएको
Shares

सारांश

  • भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ।
  • यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
  • यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो।

भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो। भारत सरकारले पेन्सनका लागि छुट्ट्याएको बजेटमा भारतीय सेनामा कार्यरत नेपालीलाई दिँदै आएको सेवासुविधासमेत जोड्ने हो भने नेपालको कुल रक्षा बजेटभन्दा करिब दुई गुणा बढी हुन आउँछ।

सन् २०१६/१७ मा नेपालको कुल रक्षा बजेट ३६ अर्ब १ करोड ८० लाख ५ हजार रुपैयाँ छ भने भारतले नेपालमा रहेका भूपूगोर्खा सैनिकको पेन्सनका लागि ४० अर्ब रुपैयाँ छुट्याएको देखिन्छ। नेपालको कुल रक्षा बजेटभन्दा ४ अर्ब रुपैयाँ बढी भारतले नेपालमा रहेका भूपूगोर्खा सैनिकलाई छुट्ट्याएको हो। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार नेपालमा भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त करिब १ लाख २७ हजारले पेन्सन बुझ्ने गर्छन्। ४० अर्ब रुपैयाँ भारत सरकारले उनीहरुका लागि छुट्ट्याएको हो। अहिले भारतीय सेनामा ३२ हजार नेपाली सेवारत रहेको भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रित शर्माले जानकारी दिइन्। सेवारत ३२ हजार गोर्खा सैनिकको सेवासुविधाका लागि यसवर्ष करिब २० अर्ब रुपैयाँ छुट्ट्याएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Nordic Race
कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन
कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी
प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी
कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा
कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा
भारतमा २० लाख पर्ने गाडी नेपालमा किन ८५ लाख पर्छ ?
भारतमा २० लाख पर्ने गाडी नेपालमा किन ८५ लाख पर्छ ?
महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी
महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी
रणबिर कपूरले स्टेजमा बोल्दै गर्दा आलियाको आँखाबाट झर्‍यो आँसु
रणबिर कपूरले स्टेजमा बोल्दै गर्दा आलियाको आँखाबाट झर्‍यो आँसु
कास्कीमा २ मन्त्रीसहित पूर्वसांसद चुनावी मैदानमा ,अधिकारी ह्याट्रिकको दाउमा
कास्कीमा २ मन्त्रीसहित पूर्वसांसद चुनावी मैदानमा ,अधिकारी ह्याट्रिकको दाउमा
कांग्रेसले प्रत्यक्षमा ८० सिटसहित बहुमत ल्याउँछ : बालकृष्ण खाँड
कांग्रेसले प्रत्यक्षमा ८० सिटसहित बहुमत ल्याउँछ : बालकृष्ण खाँड

तपाईंले छुटाउनुभयो कि?