काठमाडौँको नयाँ बसपार्कबाट ४ महिनामा ७२१ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौँको नयाँ बसपार्कबाट ४ महिनामा ७२१ जना पक्राउ

सारांश

  • काठमाडौँ ।
  • मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ।
  • देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो।

काठमाडौँ । मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ।

देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो।

होटल मिलाइदिने भन्दै यात्रुलाई जबर्जस्ती तानेर दुःख दिने बिचौलिया, क्याबिन रेष्टुरेन्टमा बढी रकम लिएर ठगी गर्ने, दोहोरी साँझ सञ्चालनको नाममा सुतेका व्यक्तिलाई ‘डिस्टर्व’ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ। प्रहरीले सोमबार मात्र होटल तथा रेष्टुरेन्ट सञ्चालक र बिचौलियालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मित्रनगर देउराली खाजाघरका सञ्चालक जितेन्द्रप्रसाद कँडेल, रिलेशन रेष्टुरेन्टका सञ्चालक प्रेमबहादुर अछामी, मनोज खाजाघरका सञ्चालक नवीन तामाङ, सृष्टि सुब्बा खाजाघरका सञ्चालक धनबहादुर लिम्बू, बागलुङ कालिका खाजाघरका सञ्चालक कुमारी थापा रहेका छन्।

पक्राउ पर्ने बिचौलियामा राजेश सुनार, मिलन तामाङ, सुवास तामाङ, प्रेम तामाङ, करन सापकोटा, नरेन्द्र किसान र सुरेश तामाङ रहेका छन्।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सामुदायिक सेवा केन्द्र गोङ्गबुँ, काठमाडौँ महानगरपालिका–२६, टोखा नगरपालिका–९ र नयाँ बसपार्क क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको सहकार्यमा गोङ्गबुँ नयाँ बसपार्क क्षेत्रमा हुने विकृति अन्त्यका लागि सामूहिक जाँच तथा प्रचारप्रसारलाई तीव्र पारेको छ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साल चार महिनाको अवधिमा नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा लाग्ने ७२१ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको बताए ।

“नियन्त्रणमा लिएका ७२१ मध्ये २६१ लाई अभद्र व्यवहार, चोरी, मानव बेचबिखन र लागुऔषध कारोवारमा मुद्दा चलाएका छौँ”, उनले भने ।

मुद्दा चलाएकामध्ये २०६ पुरुष, ३४ महिला र २१ तेस्रोलिङ्गी छन् । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाउन नयाँ बसपार्कभित्रको विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने बताए ।

“नयाँ बसपार्क विस्तारै सुध्रिँदै गएको छ, बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलाप र बिचौलिया रोक्नु जरुरी छ”, उनको भनाइ थियो।

नयाँ बसपार्क क्षेत्र रहेको काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारी ठमेल आउने पर्यटकलाई बसपार्कमा आउने वातावरण निर्माण गर्नेगरी नयाँ बसपार्कलाई सुधार गर्नुपर्ने बताए ।

“नयाँ बसपार्क क्षेत्र सुधार भएर पर्यटक आएमा यस क्षेत्रका बासिन्दाको आम्दानीसमेत वृद्धि हुन्छ”, उनले बताए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले गोङ्गबुँ क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिएको बताए ।

“नयाँ बसपार्कलाई व्यवस्थित बनाउनु हामी सबैको दायित्व हो, बसपार्क व्यवस्थित भए मात्र राजधानी व्यवस्थित हुन्छ”, उनले भने।

कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा देशका विभिन्न भागबाट दैनिक एक हजारभन्दा बढी बस आवतजावत गर्दै आएका छन्।

नयाँ बसपार्क क्षेत्रमा हाल ५०० भन्दा बढी होटल, ५० भन्दा बढी दोहोरी साँझ, एक हजारभन्दा बढी खाजाघर सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव
तल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव
विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ
विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ
वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको शानदार जित
चाँगुनारायण केन्द्रबिन्दु भएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प
चाँगुनारायण केन्द्रबिन्दु भएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प
एकाविहानै मतदानमा नेताहरु, रामचन्द्र पौडेलदेखि प्रचण्डसम्म तस्विरसहित
एकाविहानै मतदानमा नेताहरु, रामचन्द्र पौडेलदेखि प्रचण्डसम्म तस्विरसहित
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
धरानमा ‘चाईल्ड आईकन’को प्रशिक्षण सुरु
धरानमा ‘चाईल्ड आईकन’को प्रशिक्षण सुरु
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे
मेयरले डोजर चलाउँदा झण्डै मरेनन् पत्रकार !
मेयरले डोजर चलाउँदा झण्डै मरेनन् पत्रकार !
बन्धकहरुको तेस्रो समूह रिहा, हालसम्म ४७ इजरायली र ११७ प्यालेस्टायनी कैदी रिहा
बन्धकहरुको तेस्रो समूह रिहा, हालसम्म ४७ इजरायली र ११७ प्यालेस्टायनी कैदी रिहा

तपाईंले छुटाउनुभयो कि?