१३ वर्षपछि हत्यारा पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २६, २०७३
|
|
३२९ पटक हेरिएको
Shares
१३ वर्षपछि हत्यारा पक्राउ

सारांश

  • झन्डै १३ वर्ष पहिले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्म कैद सजाय सुनाइएकासँग नक्कली नेपाली नागरिकता भएको पाइएको छ ।
  • बिहादी गाउँपालिका–५ उरामपोखराका लिटल थापालाई अदालतले सजाय सुनाएपछि सजायबाट जोगिन जिल्ला प्रशासन कार्यालय पर्वतबाट नक्कली कागजात पेस गरेर नाम परिवर्तन गरी नक्कली नागरिकता लिएको पाइएको हो ।
  • उनन्तीस वर्षीय थापालाई २०६० जेठ ४ गते बेउलीबासका रोशन रानालाई धारिलो हतियार प्रयोग गरी ज्यान लिएको अभियोगमा पर्वत जिल्ला अदालतले २०६७ माघ १ गते जन्मकैद सजाय सुनाएको थियो ।

झन्डै १३ वर्ष पहिले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्म कैद सजाय सुनाइएकासँग नक्कली नेपाली नागरिकता भएको पाइएको छ ।

बिहादी गाउँपालिका–५ उरामपोखराका लिटल थापालाई अदालतले सजाय सुनाएपछि सजायबाट जोगिन जिल्ला प्रशासन कार्यालय पर्वतबाट नक्कली कागजात पेस गरेर नाम परिवर्तन गरी नक्कली नागरिकता लिएको पाइएको हो ।

उनन्तीस वर्षीय थापालाई २०६० जेठ ४ गते बेउलीबासका रोशन रानालाई धारिलो हतियार प्रयोग गरी ज्यान लिएको अभियोगमा पर्वत जिल्ला अदालतले २०६७ माघ १ गते जन्मकैद सजाय सुनाएको थियो । त्यही वर्ष नै थापाले नक्कली नाम प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट मानसिंह थापाका नाममा नक्कली नेपाली नागरिकता प्रमाणपत्र लिएको प्रहरी अनुसन्धानबाट पाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हुवासले थापालाई सुराकीका आधारमा १३ वर्षपछि पक्राउ गरेर पर्वत जिल्ला अदालतमा बुझाएको छ । इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलको विशेष टोलीले गत बिहीबार उनलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा पेस गरेको हो ।

आफ्नै घरमा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका थापालाई प्रहरीले अदालतमा बुझाई अदालतद्वारा पर्वत कारागार चलान गरिएको छ  ।

अभियुक्त थापासहित बेउलीबास गाविस–३ बस्ने दिलप्रताप सेन, लक्ष्मण सेन, रामबहादुर पुलामी, रेशमबहादुर थापा, दीपसानु थापा र लिटलसमेत छ जनालाई अदालतले जन्मकैदको फैसला गरेको थियो । भलिबल खेलको हारजितको सामान्य विषयलाई लिई धारिलो हतियार हान्दा बेउलीबासका रानाको ज्यान गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोलम्बोमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच भेट
कोलम्बोमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच भेट
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
राप्रपाको संकल्पपत्र : दश वर्षमा सबै नगर स्मार्ट सिटी
चुनावमा ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह
माओवादी केन्द्र प्रदेश नं १ संसदीय दलमा आङ्बुहाङ
माओवादी केन्द्र प्रदेश नं १ संसदीय दलमा आङ्बुहाङ
यी हुन केन्द्रीय सदस्यमा मनोनीत हुने पूर्व एमालेका भाग्यमानीहरु
यी हुन केन्द्रीय सदस्यमा मनोनीत हुने पूर्व एमालेका भाग्यमानीहरु
डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि योग्य हैनन् : कोमी
डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि योग्य हैनन् : कोमी
काठमाडौं ५ मा विवादै विवाद, कांग्रेस प्रतिनिधि निकालिए
काठमाडौं ५ मा विवादै विवाद, कांग्रेस प्रतिनिधि निकालिए

तपाईंले छुटाउनुभयो कि?