भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन

सारांश

  • भुवन केसी, नायक : हामीले लामो संघर्षपछि देशमा नयाँ स्थायी सरकार पाएका छौं ।
  • अब त जनताले विगतका समस्या हल होला र देश सुन्दर र समृद्ध होला भनेर अपेक्षा गरेर बसिरहेका छन् ।
  • तर, अहिले यो ठूलो सरकारले जनताका खास समस्यामाथि सम्बोधन गर्न सकिरहेको छैन ।

भुवन केसी, नायक : हामीले लामो संघर्षपछि देशमा नयाँ स्थायी सरकार पाएका छौं । अब त जनताले विगतका समस्या हल होला र देश सुन्दर र समृद्ध होला भनेर अपेक्षा गरेर बसिरहेका छन् । तर, अहिले यो ठूलो सरकारले जनताका खास समस्यामाथि सम्बोधन गर्न सकिरहेको छैन । देशको समस्यालाई भन्दा पार्टीको समस्यालाई मूल मुद्दा बनाएर अघि बढिरहेको अवस्था छ ।

यसरी अघि बढियो भने हामीले पाँच वर्षको अवधिमा सरकारसँग जुन किसिमको अपेक्षा र आशा गरेका छौं त्यो पाउन सक्दैनौं । त्यसलै सरकारका हरेक काम क्रियाकलापले देशको समस्त क्षेत्रलाई समेटेको हुनुपर्छ । उसका हरेक कदम, काम र बोली जनताको पक्षमा हुनुपर्छ । तर, अहिले हाम्रो देशका कामभन्दा बढी गफ भइरहेको छ । कला क्षेत्रमा पनि सरकारले राम्रो लगानी गर्न सकेको छैन । देशको कला बुझ्न सकिरहेको छैन ।

सरकारका सबैको आशाको केन्द्र हो । सरकारसँग देशभित्र रहेका हरेक पक्षका माग, आवश्यकता र चाहना अडिएका हुन्छन् । ती आवश्यकता सरकारले सहजै पूर्ति गराउन सकेको हुनुपर्छ । पछिल्लो समय सरकारले धेरै लोकप्रिय योजना बनाए पनि ती योजनामाथि पारदर्शी दगले काम गर्न सकिरहेको छैन ।

हामीले विकासका काम गर्ने हो र तनमनका साथ लागिपर्ने हो भने नेपाललाई सम्पन्न र समृद्ध बनाउन धेरै समय लाग्दैन । यो पाँच वर्षमा हामीले अरूलाई चुनौती दिने गरी उदाहरणीय काम गरेर देखाउन सक्छौं । मात्रै सरकार र त्यहाँका आम नागरिक जोसिलो भएर अघि बढेको हुनुपर्छ । त्यसबाहेक यदि जनताका समस्या हल गर्नको लागि सरकारले आफ्नो स्रोत साधन प्रयोग गर्ने हो भने हामीले चाहेको समृद्धि छोटो समयमै प्राप्ति गर्न सकिन्छ ।

यद्यपि हामीले अहिले नै आत्तिनुपर्ने बेला आएको छैन । हामीले काम गर्ने हो र देशलाई बनाउँछु भनेर लागिपर्ने हो भने समय र सम्भावना प्रशस्तै छन् । त्यसकारण सरकारले विश्वास जगाउने गरी परिपक्व ढंगले विकासका काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ :  प्रधानमन्त्री दाहाल
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ : प्रधानमन्त्री दाहाल
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन  राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
ज्ञानेन्द्र शाही भन्छन् ‘धन्न बाँचियो’
ज्ञानेन्द्र शाही भन्छन् ‘धन्न बाँचियो’
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
हातले बुनेको मैथिली पोशाक प्रधानमन्त्री ओलीको मोदीलाई गिफ्ट!
हातले बुनेको मैथिली पोशाक प्रधानमन्त्री ओलीको मोदीलाई गिफ्ट!
सुनचादीको भाउ आज पनि घट्यो
सुनचादीको भाउ आज पनि घट्यो
रुपन्देही–३ बाट एमाले नेता घनश्याम भुसाल विजयी
रुपन्देही–३ बाट एमाले नेता घनश्याम भुसाल विजयी
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
दाँत फुकालेको भोलीपल्टै प्रचण्डलाई ज्वरो
दाँत फुकालेको भोलीपल्टै प्रचण्डलाई ज्वरो