(कालिकाेट दुर्घटना अपडेट) जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्याे ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
६४ पटक हेरिएको
Shares
(कालिकाेट दुर्घटना अपडेट) जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्याे ।

सारांश

  • कालीकोट ,मंसिर १३ बुधवार खांँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा आज बिहान भएको बलेरो जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ ।
  • छ घाइतेमध्ये बाँकेका चालक इन्द्रप्रसाद थारूको उपचारका क्रममा मृत्यु भएको छ ।
  • बाँकी पाँच घाइतेलाई कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।

कालीकोट ,मंसिर १३ बुधवार

खांँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा आज बिहान भएको बलेरो जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ ।

छ घाइतेमध्ये बाँकेका चालक इन्द्रप्रसाद थारूको उपचारका क्रममा मृत्यु भएको छ । बाँकी पाँच घाइतेलाई कोहलपुर मेडिकल कलेजमा लगिएको छ । मुगुबाट सुर्खेत जाँदै गरेको लु२च २००३ नंको बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मुगु भिई–७ की ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामीका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपचारका क्रममा चालक थारूको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो । उक्त जीपमा मुगुबाट सुत्केरीसहित नौ यात्रु रहेको बताइएको छ ।

पाँच घाइतेकोे थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेजमा लगिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइन आक्रमणपछि पनि वर्षमानको चुनावी अभियान जारी
माइन आक्रमणपछि पनि वर्षमानको चुनावी अभियान जारी
गरगहना परीक्षण तालीम
गरगहना परीक्षण तालीम
काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस
काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
ओली उपेन्द्रका बोलचाल बन्द, सरकार छाड्ने समाजवादीको चेतावनी
ओली उपेन्द्रका बोलचाल बन्द, सरकार छाड्ने समाजवादीको चेतावनी
मदिरामा कडाइःएक दिनमा एक लिटरभन्दा बढी मदिरा किन्न नपाइने
मदिरामा कडाइःएक दिनमा एक लिटरभन्दा बढी मदिरा किन्न नपाइने
भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा
भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
डोनल्ड ट्रम्प अचानक अफगानिस्तान भ्रमणमा
डोनल्ड ट्रम्प अचानक अफगानिस्तान भ्रमणमा
सिम्रिक एयरलाई प्राधिकरणले आजदेखि उड्न नदिने
सिम्रिक एयरलाई प्राधिकरणले आजदेखि उड्न नदिने