क्यारेबियन प्रिमियर लिग आजदेखि, सन्दिपको पहिलो खेल कहिले ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १८, २०७६
|
|
२१ पटक हेरिएको
Shares
क्यारेबियन प्रिमियर लिग आजदेखि, सन्दिपको पहिलो खेल कहिले ?

सारांश

  • काठमाडौं।
  • वेष्ट इण्डिजको घरेलु टि–२० लिग क्यारेवियन प्रिमियर लिग आजदेखि सुरु हुँदैछ ।
  • स्थानीय समयअनुसार आज अर्थात सेप्टेम्बर ४ देखि सुरु हुने भनिए पनि त्यहाँको स्थानीय समय र नेपालको स्थानीय समयको अन्तरले गर्दा पहिलो खेल नेपाली समयअनुसार भोलि बिहान पौने पाँच बजे सुरु हुनेछ ।

काठमाडौं। वेष्ट इण्डिजको घरेलु टि–२० लिग क्यारेवियन प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । स्थानीय समयअनुसार आज अर्थात सेप्टेम्बर ४ देखि सुरु हुने भनिए पनि त्यहाँको स्थानीय समय र नेपालको स्थानीय समयको अन्तरले गर्दा पहिलो खेल नेपाली समयअनुसार भोलि बिहान पौने पाँच बजे सुरु हुनेछ । यो लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने पनि खेल्ने भएकोले नेपालीहरुको धेरै चासो छ ।

पहिलो खेल पोर्ट अफ स्पेनमा ट्रिनिबागो नाइटराइडर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबीच हुँदैछ । सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स अल्लिो सिजन सन्दिप लामिछाने आबद्ध टिम हो । तर, यो सिजन भने सन्दिप त्यो टिममा छैनन् । यो सिजन सन्दिप बारबाडोस ट्रिडेन्ट्समा छन् । यो सिजन सन्दिप आबद्ध बारबाडोसको पहिलो खेल स्थानीय समयअनुसार सेप्टेम्बर ८ (नेपाली समयअनुसार सेप्टेम्बर ९ सोमबार बिहान पौने ३ बजे) गुयना अमेजन वारियर्सविरुद्ध हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?