केही स्थानीय तहमा मनपरि भएको सुनिएको छ : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
४३ पटक हेरिएको
Shares
केही स्थानीय तहमा मनपरि भएको सुनिएको छ : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा मनपरि भएको सुनिएको बताएका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टीका ३ नम्बर प्रदेशका सांसदहरुसँगको भेटमा प्रधानमन्त्रीले गाउँपालिका नगरपालिकामा स्वेच्छाचारी भएको आफूले सुनेको बताएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा मनपरि भएको सुनिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका ३ नम्बर प्रदेशका सांसदहरुसँगको भेटमा प्रधानमन्त्रीले गाउँपालिका नगरपालिकामा स्वेच्छाचारी भएको आफूले सुनेको बताएका हुन् ।

पार्टी कमिटी बनेपछि सबै रोकिने प्रधानमन्त्रीको दाबी छ । प्रधानमन्त्री ओलीले भने, “अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारीता आएको सुनिएको छ । अब त्यो रोकिन्छ ।”

सांसदहरुको जिज्ञासाको जवाफदिने क्रममा प्रधानमन्त्री ओलीले साउन महिनाभित्रै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताए । “साउनभित्र पार्टी एकीकरण प्रक्रिया सकिन्छ । त्यसपछि बनेका कमिटीहरुले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन् ”

प्रधानमन्त्रीले एक दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । “एउटा निहुँ झिकेर दुईजना सांसद ठिंग उभिंदा संसदका सबै गतिविधि अवरुद्ध हुने हुनु हुदैन” प्रधानमन्त्री ओलीले भने, “नेपाली काँग्रेसले झिनामसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने । अनि संसदको कारबाही अवरुद्ध हुने । अब यस्तो हुँदैन ।”

प्रधानमन्त्री ओलीले देश विकासका कुरा, जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्नु नहुने बताए । “हामी दुई तिहाइ बहुमतमा छौं । हाम्रा माननीहरुले विकासका कुरा संसदमा जोडदार उठाउनु पर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नु पर्दछ” प्रधानमन्त्रीले भने । सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले दोहो¥याए । सरकार असफल नहुने र जनताको भरोसालाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीले बताए ।

 

सांसदहरु कृष्णभक्त पोख्रेल, रामनारायण विडारी, पार्वत गुरुङ, बिरोध खतिवडा, महेश बस्नेत, कृष्णरज दाहाल, अन्जना बिशंखे, बिमला पौडेल राई, सुजिता शाक्य, कृष्ण राई, हितबहादुर तामाङ, गोमा देवकोटा लगायतले समसामयिक राजनीतिक बिषय, जिल्ला तथा क्षेत्रहरुमा उठेका विभिन्न समस्याहरु प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Chapagain

    jatatatai xa manpari ta

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ