अन्तिम खेलमा बेंगलुरुको जितले हैदरवादलाई झट्का, कोलाकातालाई मौका

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २२, २०७६
|
|
५६ पटक हेरिएको
Shares
अन्तिम खेलमा बेंगलुरुको जितले हैदरवादलाई झट्का, कोलाकातालाई मौका

सारांश

  • काठमाडौं ।
  • भारतमा जारी आईपीएल १२ को आफ्नो अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले जित हात पार्दा प्लेअफ दौडमा रहेको सनराईजर्स हैदरावादलाई झट्का लागेको छ ।
  • बेंगलुरुको एम चिन्नास्वामी मैदानमा भएको घरेलु टिम बेंगलुरु र हैदरवादबीचको खेलमा बेंगलुरु ४ विकेटले विजयी भयो ।

काठमाडौं । भारतमा जारी आईपीएल १२ को आफ्नो अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले जित हात पार्दा प्लेअफ दौडमा रहेको सनराईजर्स हैदरावादलाई झट्का लागेको छ ।

बेंगलुरुको एम चिन्नास्वामी मैदानमा भएको घरेलु टिम बेंगलुरु र हैदरवादबीचको खेलमा बेंगलुरु ४ विकेटले विजयी भयो । १७६ रनको लक्ष्य पाएको बेंगलुरुले १९ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो । उसका लागि उमेस यादवले अन्तिम ओभरको दुई बलमा लगातार दुई चौका प्रहार गर्दै आफ्नो टिमलाई सान्त्वना जित दिलाए ।

पहिला ब्याटिंग गरेको हैदरावादले कप्तान केन विलियम्सनको अर्धशतकका मद्दतले १७५ रनको चुनौतिपूर्ण स्कोर बनाएको थियो । जवाफी ब्याटिंग गरेको बेंगलुरुले पावर प्लेमै पार्थीव पटेल, विराट कोहली र एबि डिभिलियर्सको विकेट गुमाएपछि हैदरावादले खेल जित्ने अनुमान गरिएको थियो । तर, जारी आईपीएलमा खराब प्रदर्शन गरिरहेका वेष्टइण्डिजका सिमरोन हेटमेर र गुरकीत मान सिंहले शतकीय साझोदारी गर्दै बेंगलुरुलाई जित नजिक पुर्याए । बाँकी काम उमेश यादवले गरे ।

हेटमेरले ४७ बलमा ७५ रन बनाए भने सिंहले ४८ बलमा ६५ रन बनाए ।

खेलमा पराजय भएपछि अब प्लेअफमा पुग्न हैदरावादले कोलकाता नाईट राईडर्स र मुम्बई इण्डियन्सबीचको खेलको नतिजा कुनुपर्ने भएको छ । सो खेलमा कोलकाता पराजित भए हैदरावाद प्लेअफमा पुग्नेछ भने कोलकाता विजयी भए विजयी टिम प्लेअफमा पुग्नेछ । हाल कोलकाता र हैदरावाद दुबैको १२–१२ अंक छ । यद्यपी रनरेट हैदरावादको राम्रो भएकाले हाल अंक तालिकाको चौथो स्थानमा हैदरावाद छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान
उपप्रधानमन्त्री पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान
अवैध मुद्रासहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा
अवैध मुद्रासहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा
प्रधानमन्त्रीले परिणाम देखिने गरी काम गर्न नसकिएको स्वीकारे, यस्तो रहेछ कारण
प्रधानमन्त्रीले परिणाम देखिने गरी काम गर्न नसकिएको स्वीकारे, यस्तो रहेछ कारण
शिवराज नगरपालिका भित्रका बासिन्दाले  घरमा शौचालय नबनाए सुविधा नपाउने
शिवराज नगरपालिका भित्रका बासिन्दाले घरमा शौचालय नबनाए सुविधा नपाउने
खप्तड गोल्डकपमा पुलिससँग मोरङ फुटबल क्लब ३-० ले पराजित
खप्तड गोल्डकपमा पुलिससँग मोरङ फुटबल क्लब ३-० ले पराजित
पुस्पाको मृत्यु कि हत्या :४ दिन बित्दा पनि पत्ता लागेन ?
पुस्पाको मृत्यु कि हत्या :४ दिन बित्दा पनि पत्ता लागेन ?
चार नेपाली खेलाडी अाइसीसीकाे बरियतामा !
चार नेपाली खेलाडी अाइसीसीकाे बरियतामा !
दाइजोको रकमबाट बालबालिकालाई न्यानो कपडा
दाइजोको रकमबाट बालबालिकालाई न्यानो कपडा
नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै
नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु