कोरोना भाइरस संक्रमितको वृद्धिदर घट्न थाल्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २५, २०७७
|
|
१९ पटक हेरिएको
Shares
कोरोना भाइरस संक्रमितको वृद्धिदर घट्न थाल्यो

सारांश

  • काठमाडौं, २५ असार ।
  • नेपालमा कोरोना भाइरसको संक्रमितको वृद्धिदर घट्दै गएको छ ।
  • यो हप्ता संक्रमित संख्या घट्दै गएको तथ्यांक छ ।

काठमाडौं, २५ असार । नेपालमा कोरोना भाइरसको संक्रमितको वृद्धिदर घट्दै गएको छ । यो हप्ता संक्रमित संख्या घट्दै गएको तथ्यांक छ ।

विगतमा एकै दिन ७ सय भन्दा बढी सम्म संक्रमित थपिनथालेकोमा वृद्धिदर घट्दै गएको छ । यो हप्ता लगातार वृद्धिदर घट्ने क्रममा हिजो र आज संख्या घटेको छ । हिजो दुई सय ५५ जना संक्रमित थपिएकामा आज एक सय ८ जना मात्र थपिएका छन् । अस्ति पनि दुई सयकै लाइनमा संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको वृद्धिदर घट्दैमा जोखिम नघटेको बताए । उनले भने, जोखिम घटेको होइन, शतर्कता अझै अपनाउनुपर्छ ।

पछिल्लो समय कोरोना संक्रमण मुक्त भई घर जानेको संख्या उल्लेख्य रुपमा बढिरहेको छ । दिनहुँ दुई सयभन्दा बढी संक्रमणमुक्त भई फर्किइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?