कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १७, २०८०
|
|
१८ पटक हेरिएको
Shares
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

सारांश

  • काठमाडौं ।
  • कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपयनियताको शपथ ग्रहण गरेका छन् ।
  • आज बुधबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

काठमाडौं । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपयनियताको शपथ ग्रहण गरेका छन् ।

आज बुधबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

थापाले २७ दिनमा दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका हुन् । गत असार २१ मा मुख्यमन्त्री बनेका थापा साउन ११ गते सर्वोच्च अदालतको फैसलाबाट बर्खास्तीमा परेका थिए ।

२६ दिनमै दोस्रो पटक मुख्यमन्त्रीमा पुगेका उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थन लिएका छन् ।

थापाले शपथ लिएलगत्तै तीनजना मन्त्रीलाई जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवार मन्त्री बनेका छन् ।

मन्त्रीहरुले पनि प्रदेश प्रमुख खापुङसामु पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सभामुख छाडेका गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी,एकीकृत समाजवादीका जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जबेगु र सुनुवार दुवैलाई थापाले असार २१ गते पनि मन्त्री बनाएका थिए । तर, मुख्यमन्त्री थापा नै अदालतबाट बर्खास्तीमा परेपछि उनीहरु पनि २२ दिनमै स्वतस् पदमुक्त भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?