विश्वभर ह्वात्तै घट्यो कोरोना संक्रमण र मृत्युदर
सारांश
- काठमाडौँ ।
- विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण र मृत्युदर ह्वात्तै घटेको छ।
- पछिल्लो २४ घण्टामा विश्वभर ७३ हजार ८५९ नयाँ संक्रमित थपिएका छन् अहिल्लो दिनको तुलनामा १६ हजार ८७२ ले कमी हो ।
काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण र मृत्युदर ह्वात्तै घटेको छ। पछिल्लो २४ घण्टामा विश्वभर ७३ हजार ८५९ नयाँ संक्रमित थपिएका छन् अहिल्लो दिनको तुलनामा १६ हजार ८७२ ले कमी हो । शनिबार विश्वभर ९० हजार ७३१ जना मानिस कोरोना संक्रमित भएका थिए ।
यस्तै, २४ घण्टामा कोरोनाको संक्रमण घटेसँगै मृत्युदर पनि घटेको छ । आइतबार ३ हजार ७५१ जना संक्रमितको ज्यान गएको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार ३३८ ले कमी हो । शनिबार विश्वभर ६ हजार ६९ संक्रमितको ज्यान गएको थियो ।
आइतबार कोरोनाको केन्द्रबिन्दू बनेको अमेरिकासहित यूरोपका अन्य देशहरुमा पनि कोरोना प्रभाव घटेको हो । आइतबार अमेरिकामा १ हजार १५७, स्पेन २८८, इटली २६०, फ्रान्स २४२, यूके ४१३ र ब्राजिलमा २२६ संक्रमितको ज्यान गएको छ । अन्यदेशको विवतरण तलको तालिकामा उल्लेख छ ।
प्रतिक्रिया