पत्रकार महासङ्घद्वारा विधेयक सच्याउन माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
४२ पटक हेरिएको
Shares
पत्रकार महासङ्घद्वारा विधेयक सच्याउन माग

सारांश

  • धनगढी, ५ फागुन : नेपाल पत्रकार महासङ्घले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, टेलिभिजन र एफएम प्रशारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सच्याउन माग गरेको छ ।
  • महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टसहितका पदाधिकारीको टोलीले आइतबार सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह र प्रदेशसभा विधायन समितिका सभापति नेपालु चौधरीलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी प्रदेश सरकारले उक्त विधेयक ल्याएको जनाउँदै पत्रकारले यसको विरोध गर्दै आएका छन् ।

धनगढी, ५ फागुन : नेपाल पत्रकार महासङ्घले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, टेलिभिजन र एफएम प्रशारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सच्याउन माग गरेको छ ।

महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टसहितका पदाधिकारीको टोलीले आइतबार सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह र प्रदेशसभा विधायन समितिका सभापति नेपालु चौधरीलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी प्रदेश सरकारले उक्त विधेयक ल्याएको जनाउँदै पत्रकारले यसको विरोध गर्दै आएका छन् ।

विधेयकमा मस्यौदा गरिएको मिडिया बोर्डको अध्यक्ष मन्त्री रहने प्रावधानको सट्टा स्वतन्त्र निकायमा रहेको व्यक्तिको प्रतिनिधित्व गराइनुपर्ने, दण्ड जरिवानाको व्यवस्था हटाइनुपर्नेलगायतका माग गरिएको छ । उक्त विधेयक प्रदेशसभाको विधायन समितिमा अहिले छलफलमा रहेको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?