खोप दरबन्दी कटौती नगर्न माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
४८ पटक हेरिएको
Shares
खोप दरबन्दी कटौती नगर्न माग

सारांश

  • काठमाडौँ, १८ साउन ।
  • आमा र शिशु स्वास्थ्यसित प्रत्यक्षरुपमा जोडिएको अति संवेदनशील क्षेत्र खोपसम्बन्धी दरबन्दी कटौती नगर्न स्वयं स्वास्थ्यकर्मीले माग गरेका छन् ।
  • संघीय संरचनाअनुसार हालै स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ कर्मचारी संरचनामा खोप कार्यक्रमसित सम्बन्धित दरबन्दी कटौती गरेको थियो ।

काठमाडौँ, १८ साउन । आमा र शिशु स्वास्थ्यसित प्रत्यक्षरुपमा जोडिएको अति संवेदनशील क्षेत्र खोपसम्बन्धी दरबन्दी कटौती नगर्न स्वयं स्वास्थ्यकर्मीले माग गरेका छन् । संघीय संरचनाअनुसार हालै स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ कर्मचारी संरचनामा खोप कार्यक्रमसित सम्बन्धित दरबन्दी कटौती गरेको थियो । बाल स्वास्थ्य र आपूर्ति महाशाखाअन्तर्गतका खोप सुपर अधिकृत, खोप सुपरभाइजर, कोल्डचेन अधिकृत, मेकानिकल इञ्जिनियरलगायत चार जना दरबन्दी रहने व्यवस्था रहिआएको थियो । मन्त्रालयले ती पद कटौती गरेपछि स्वास्थ्यकर्मीले त्यसो नगर्न माग गरेका हुन् ।

खोप सुपरभाइजर अधिकृत ओम उपाध्यायले आमा र शिशुको स्वास्थ्यसित जोडिएका दरबन्दी कटौती गर्ने निर्णयमा पुनरावलोकन गर्न आग्रह गरे । विसं २०३५ को दरबन्दीलाई विसं २०४८ मा पुनरावलोकन गरी वृद्धि गरिएको थियो । नेपालमा विसं २०२४ मा पहिलो पटक विफर उन्मूलन कार्यक्रम लागू भएको थियो । यसको १० वर्षपछि विसं २०३४ मा विफर उन्मूलन भएपछि विसं २०३५ मा विस्तारित खोप कार्यक्रम अगाडि बढेको थियो । तीन वटा खोपबाट शुरु भएको खोप कार्यक्रम हालसम्म आइपुग्दा ११ प्रकारका खोप बालबालिकालाई लगाइन्छ ।

स्वास्थ्यकर्मीको एक प्रतिनिधिले उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी खोपसित सम्बन्धित दरबन्दी कटौती नगर्न माग गरेको खोप सुपरभाइजर अधिकृत उपाध्यायले जानकारी गराए । स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन र युनिसेफको मापदण्डअनुसार खोप भण्डारण तथा व्यवस्थापन गर्ने गर्दछ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन खोप ऐन तथा नियमावली कार्यान्वयनमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया
मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ
बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
भदौ ५ गते शुक्रवारको राशिफल यस्तो छ
भदौ ५ गते शुक्रवारको राशिफल यस्तो छ
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु
सन् २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
सन् २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
‘सगरमाथामा अक्सिजनका सिलिण्डर चोरी’
‘सगरमाथामा अक्सिजनका सिलिण्डर चोरी’