गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
३० पटक हेरिएको
Shares
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने

सारांश

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने निर्णय गरेको छ ।
  • रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सो अञ्चल अस्पताल सङ्घीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
  • मन्त्रिपरिषद्को विसं २०७५ पुस २३ गतेको बैठकले राजविराजमा सो प्रतिष्ठान स्थापना गर्ने र गजेन्द्रनारायण अस्पताललाई प्रतिष्ठानमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने निर्णय गरेको छ ।रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सो अञ्चल अस्पताल सङ्घीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को विसं २०७५ पुस २३ गतेको बैठकले राजविराजमा सो प्रतिष्ठान स्थापना गर्ने र गजेन्द्रनारायण अस्पताललाई प्रतिष्ठानमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले सो प्रतिष्ठानको रु नौ अर्बको लगानीमा भौतिक पूर्वाधार निर्माण हुनलागेको जनाएको छ । राजविराज नगरपालिकाले वडा नं १० स्थित विरौलचोकमा प्रतिष्ठानका लागि ६२ बिघा जमीन उपलब्ध गराएको छ ।यसैबीच, मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ ।

स्वास्थ्य सेवातर्फका १२आँै तहका डा प्याकुरेलले यही भदौ २२ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । उहाँको पदावधि थप गर्दा अन्य कर्मचारीको वृद्धि विकासमा असर नपुग्ने भन्दै मन्त्रालयले स्वास्थ्य सेवा ऐनअनुसार उहाँको पदावधि थप गर्न प्रस्ताव गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुनषा मालपोतका निमित्त प्रमुख झाले भ्रष्टाचार गरेको अदालतको ठहर
धुनषा मालपोतका निमित्त प्रमुख झाले भ्रष्टाचार गरेको अदालतको ठहर
अब गफको भरमा मात्र देश बिकाश हुँदैन: मन्त्री दुलाल
अब गफको भरमा मात्र देश बिकाश हुँदैन: मन्त्री दुलाल
कोरोना कहरः मकाउ, साउदी, दुबई लगायतका देशमा रहेका नेपाली सुरक्षा गार्ड के भन्छन् त ?
कोरोना कहरः मकाउ, साउदी, दुबई लगायतका देशमा रहेका नेपाली सुरक्षा गार्ड के भन्छन् त ?
भारतीय शेयर बजार ऐतिहासिक उचाईमा
भारतीय शेयर बजार ऐतिहासिक उचाईमा
कानुन देखाउन नभई गल्ती गर्नेले भोग्ने र नगर्नेले बुझ्ने समय आयो : पूर्व न्यायधिस श्रेष्ठ
कानुन देखाउन नभई गल्ती गर्नेले भोग्ने र नगर्नेले बुझ्ने समय आयो : पूर्व न्यायधिस श्रेष्ठ
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको घटनास्थलमै मृत्यु
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको घटनास्थलमै मृत्यु
रोल्पा : दश बुँदे घोषणापत्र जारी
रोल्पा : दश बुँदे घोषणापत्र जारी
यस्ता छन् ओली सरकारमा मन्त्रीको आकांक्षी, को–को ?
यस्ता छन् ओली सरकारमा मन्त्रीको आकांक्षी, को–को ?
कान्तिपुरमा  सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !
कान्तिपुरमा सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !

तपाईंले छुटाउनुभयो कि?