रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त
सारांश
- काठमाडौं : विष्णुप्रसाद रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त भएका छन् ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान उनलाई मुख्य सल्लाहकारमा नियुक्त गरेका हुन् ।
- महिला तथा बालबालिका मन्त्री थममाया थापाले आजको मन्त्रिपरिषद् बैठकले मन्त्रालय घटाएर १७ वटा बनाइएको र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरिएको जानकारी दिइन् ।
काठमाडौं : विष्णुप्रसाद रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान उनलाई मुख्य सल्लाहकारमा नियुक्त गरेका हुन् ।
महिला तथा बालबालिका मन्त्री थममाया थापाले आजको मन्त्रिपरिषद् बैठकले मन्त्रालय घटाएर १७ वटा बनाइएको र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरिएको जानकारी दिइन् ।
रिमाल यसअघि अघिल्लोपटक पटक ओली प्रधानमन्त्री हुदाँ पनि सल्लाहकार नै थिए । जिफन्टका अध्यक्ष तथा नेकपा एमालेका पोलिट्ब्युरो सद्स्य समेत रहेका रिमाल कुशल राजनीतिज्ञसमेत मानिन्छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया