बदर मत : सबैभन्दा कम मनाङमा, सबैभन्दा बढी २ नं प्रदेशमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • पहिलो हुने निर्वाचित हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकभर औषतमा पाँच दशमलव १८ प्रतिशत मत बदर भएको छ ।
  • प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हिमाली जिल्लाको तुलनामा मध्य तराई– मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको पाइएको जानकारी दिए ।
  •  उनका अनुसार, सबैभन्दा कम मनाङमा शुन्य दशमलव ३७ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा बढी २ नं प्रदेशका जिल्लामा झण्डै नौ प्रतिशतसम्म मत बदर भएको छ ।

पहिलो हुने निर्वाचित हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकभर औषतमा पाँच दशमलव १८ प्रतिशत मत बदर भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हिमाली जिल्लाको तुलनामा मध्य तराई– मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको पाइएको जानकारी दिए । उनका अनुसार, सबैभन्दा कम मनाङमा शुन्य दशमलव ३७ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा बढी २ नं प्रदेशका जिल्लामा झण्डै नौ प्रतिशतसम्म मत बदर भएको छ ।

काठमाडाै‌ उपत्यकाका जिल्लामा तीन दशमलव ८१ प्रतिशत भन्दा कम नै मत बदर भएको तथ्यांक रहेको उनले बताए । निर्वाचन आयोगले ५ प्रतिशतभन्दा कम नै मत बदर हुने अपेक्षा गरेको थियो ।

संविधानसभाको ६४ सालको निर्वाचनमा पाँच दशमलव १५ प्रतिशत मत बदर भएको थियो भने २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा चार दशमलव ९४ प्रतिशत मत बदर भएको हो ।

आज आयोजित साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा यादवले अबको तीन दिनभित्रै समानुपातिक तर्फको सबै मतपरिणाम सार्वजनिक हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
कोरोना भाइरस जीन अध्ययन शुरु
कोरोना भाइरस जीन अध्ययन शुरु
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
Where to locate Beautiful Japanese Brides Intended for Marriage
झलनाथ खनालले भने, ‘कम्युनिष्ट पार्टीभित्र म अन्यायमा परें’
झलनाथ खनालले भने, ‘कम्युनिष्ट पार्टीभित्र म अन्यायमा परें’
कोरोना आशंकामा आइसीयूमा रहेका युवाको मृत्यु
कोरोना आशंकामा आइसीयूमा रहेका युवाको मृत्यु
मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धारका लागि पहल सुरु
मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धारका लागि पहल सुरु
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
राष्ट्रपतिले दिउँसो ३ः ३० बजेदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
राष्ट्रपतिले दिउँसो ३ः ३० बजेदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
कति छ आज विदेशी मुद्राको विनिमय दर ?