ग्याँस सिलिण्डर लिक भएर पड्किदा ३६ जना घाइते….

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १०, २०७३
|
|
१९७ पटक हेरिएको
Shares
ग्याँस सिलिण्डर लिक भएर पड्किदा ३६ जना घाइते….

सारांश

  • हेटौँडाः हेटौँडाको कान्तिराजपथस्थित भाडाको घरको दोस्रो तल्लामा रहेको जिल्ला नापी कार्यालय मकवानपुरमा बुधबार दिउँसो आगलागी हुँदा सात कर्मचारीसहित ३६ जना घाइते भएका छन् ।
  • घाइतेमध्ये कार्यालयका निमित्त प्रमुख अजय कुमार राउतसहित आठ कर्मचारी र अन्य सेवाग्राही रहेको प्रहरीले जनाएको छ ।
  • आगलागी भएपछि आत्तिएर हाम फाल्ने क्रममा अधिकांस घाइते भएका मकवानपुर प्रहरी प्रमुख एसपी मिरा चौधरीले बताइन् ।

हेटौँडाः हेटौँडाको कान्तिराजपथस्थित भाडाको घरको दोस्रो तल्लामा रहेको जिल्ला नापी कार्यालय मकवानपुरमा बुधबार दिउँसो आगलागी हुँदा सात कर्मचारीसहित ३६ जना घाइते भएका छन् । घाइतेमध्ये कार्यालयका निमित्त प्रमुख अजय कुमार राउतसहित आठ कर्मचारी र अन्य सेवाग्राही रहेको प्रहरीले जनाएको छ ।आगलागी भएपछि आत्तिएर हाम फाल्ने क्रममा अधिकांस घाइते भएका मकवानपुर प्रहरी प्रमुख एसपी मिरा चौधरीले बताइन् ।

‘केही व्यक्ति आगोको धुवामा निसास्सिएर घाइते भएका हुन्’, उनले भनिन्। घाइतेमध्ये एक जनाको हेटौँडा अर्थेपेडिक अस्पताल, नौ जनाको चुरेहिल अस्पताल, दुई जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको चौधरीले बताइन् ।

आगलागीमा परी घाइते भएका नापी अधिकृत दिलिप सिंहको हड्डीको उपचारको लागि काठमाडौं र हेटौँडा ५ का सेवाग्राही सुरेशलाल श्रेष्ठको श्वासप्रश्वासमा समस्या देखिएकाले थप उपचारको लागि भरतपुर रिफर गरिएको उनले जानकारी दिइन् । बाँकी कर्मचारी तथा सेवाग्राही उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाको दमकलको सहायतामा जनपथ, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थानीयवासीले करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी बामदेव गौतमले बताए ।

‘कार्यालयको तल्लो तलामा रहेको होटलमा रहेको ग्याँस सिलिण्डरबाट ग्याँस लिक भएर आगलागी भएको हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान छ’, उनले भने ।

आगलागीबाट नापी कार्यालयको दुई कम्प्युटर, दुई वटा प्रिन्टर एक सरकारीसहित पाँच वटा मोटरसाइकल जलेको गौतमले जानकारी दिए । आगो निनयन्त्रणमा लिने क्रममा नापी कार्यालयको केही कागजात भिजेको उनले बताए ।

‘होटलका सामानसँगै हार्डवेयर गोदमका सामन, ट्रयाक्टर स्वरुमका सामान पनि जलेर नष्ट भएका छन्’, गौतमले भने । आगलागीबाट भएको क्षति एकिन भइनसकेको उनले बताए ।

यस अघी पनि राैतहटको गरुडामा ग्यास सिलिण्डर पड्किदा ११ जना घाईते भएका थिए र काठमाडौं स्थित खसी बजारका ज्ञानमणि नेपालको घरमा डेरा गरि बस्ने भारतीय नागरिक महादेव घुसले खाना बनाउन लाग्दा ग्यास सिलिण्डर पड्किएको थियो ।

 

समिप गौतम
शिखरन्युज सम्पादाता

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?