आइतबार राति ‘मृघशिरा’ उल्का वर्षा
सारांश
- ३ कात्तिक, काठमाडौं ।
- ३२ वर्षपछि हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आइतबार रातिदेखि सोमबार बिहानसम्म देखिने भएको छ ।
- नेपाल एस्ट्रानोमिकल सोसाइटीकाअनुसार ती उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको हो ।
३ कात्तिक, काठमाडौं । ३२ वर्षपछि हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आइतबार रातिदेखि सोमबार बिहानसम्म देखिने भएको छ । नेपाल एस्ट्रानोमिकल सोसाइटीकाअनुसार ती उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको हो ।
उल्का वर्षा स्थानीय समय अनुसार अक्टोबर २१ राति १०ः४५ देखि नै शुरु भई अक्टोबर २२ बिहान ५ः४५ बजे सम्म देख्न सकिने भएता पनि उल्का वर्षा हेर्नको लागि ३ः४५ पछिको समय उत्तम हुने सोसाइटीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया