फेसबुक पोस्टले गर्दा बंगलादेशमा हिन्दूहरुमाथि आक्रमण
सारांश
- बंगालदेशमा हिन्दू समुदायको घर, पसल र मन्दिर तोडफोड गर्नुका साथै अगलागीको खबर छ ।
- यो घटना बंगलादेशको नरेल जिल्लाको लोहागढ उपजिल्लामा भएको हो ।
- एक फेसबुक पोस्टमा ईश निन्दा गरेको आरोपमा हिन्दु समुदायलाई निशाना बनाइएको प्रहरीको भनाइ छ ।
बंगालदेशमा हिन्दू समुदायको घर, पसल र मन्दिर तोडफोड गर्नुका साथै अगलागीको खबर छ । यो घटना बंगलादेशको नरेल जिल्लाको लोहागढ उपजिल्लामा भएको हो । एक फेसबुक पोस्टमा ईश निन्दा गरेको आरोपमा हिन्दु समुदायलाई निशाना बनाइएको प्रहरीको भनाइ छ ।
लोहागण् उपजिल्लाको दिघलिया गाउँमा शुक्रबार राति आक्रमण भएको थियो । यसले पुरै क्षेत्रमा तनावको माहौल रहेको छ । बजारमा सबै पसल बन्द रहेका छन् । यस मामिलामा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
लोहागढ थानाका प्रमुख शेख अबुले क्षेत्रमा शान्ति कायम राख्न अतिरिक्त प्रहरी बल तैनाथ गरिएको जानकारी दिए । हाल स्थिति नियन्त्रणमा रहेको उनको भनाई छ । यस घटनामा कुनै उजुरी दर्ता नगरिएको पनि अबुले बताए ।
भाजपाका पूर्व नेता नुपूर शर्माको समर्थनमा एक कलेज विद्यार्थीले हालै एक फेसबुक पोष्ट सेयर गरेका थिए । त्यसपछि कलेजका प्रिन्सिपल स्वपनल कुमार विश्वासलाई जूत्ताको मला समेत लगाइएको थियो । नुपूर शर्माले पैगम्बर मोहम्मदबारे आपमानजनक टिप्पणी गरेकी थिइन् जसको व्यापक विरोध भएको थियो ।
प्रहरीले बिहीबार कलेजका एक विद्यार्थीको फेसबुक आईडीबाट एक पोष्ट गरिएको थियो जसमा पैगम्बर मोहम्मदबारे विवादित टिप्पणी गरिएको बताएको थियो । प्रहरीले सो पोष्ट असली वा नक्कली भएको बारे अनुसन्धान गरिरहेको जनाएको थियो ।
पोस्टका कारण शुक्रबार नमाजको बेला तनाव सुरु भएको थियो । त्यसपछि साँझदेखि हिन्दुहरूमाथि आक्रमण सुरु भएको थियो । हमला राति साढे ९ बजेसम्म चलेको थियो । आक्रमणकारीलाई रोक्न प्रहरीले अश्रु ग्याँसदेखि गोली पनि चलाएको थियो ।
बीबीसी
प्रतिक्रिया