कपनबाट करिब १९ लाख सहित जुवाडे पक्राउ, नाइके भाग्न सफल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
कपनबाट करिब १९ लाख सहित जुवाडे पक्राउ, नाइके भाग्न सफल

सारांश

  • नेपाल प्रहरीले काठमाडौंको कपनबाट १८ लाख ९२ हजार रुपैयाँसहित २१ जुवाडेलाई पक्राउ गरेको छ ।
  • महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति १० बजे नगदसहित जुवाडेहरूलाई पक्रिएको हो ।
  • बौद्ध प्रहरीले जुवा खेलिरहेको अवस्थामा १८ लाख ९२ हजार रुपैयाँसहित २१ जनालाई नियन्त्रणमा लिइएको बताएको छ ।

नेपाल प्रहरीले काठमाडौंको कपनबाट १८ लाख ९२ हजार रुपैयाँसहित २१ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति १० बजे नगदसहित जुवाडेहरूलाई पक्रिएको हो ।

बौद्ध प्रहरीले जुवा खेलिरहेको अवस्थामा १८ लाख ९२ हजार रुपैयाँसहित २१ जनालाई नियन्त्रणमा लिइएको बताएको छ । पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कपनको सिमलटारमा गुण्डा नाइके रोशन लामा र दावा लामाले बंगला भाडामा लिई मिनी क्यासिनो शैलीमा व्यवसायिकरुपमा जुवातास खेलाउदै आइरहेको प्रहरी श्रोतले जनाएको छ । पक्राउका लागि आएको प्रहरी टोलीलाई छक्याउँदै रोशन र दावा करिब ४० लाख रुपैयाँ लिएर पर्खाल नाँघेर भाग्न सफल भएका छन् ।

काठमाडौँका कपन, बौद्ध, महाकांल लगायतका क्षेत्रमा लामो समयदेखि जुवाखालहरू सञ्चालन हुँदै आइरहेका छन् । गत माघ र चैतमा प्रहरीले सञ्चालन गरेको अपरेसनका क्रममा यो क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा व्यवसायीलगायत पक्राउ परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने
प्रधानन्यायाधीशका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने
कांग्रेस बैठकमा आज ३४ जना केन्द्रीय सदस्यको धारणा व्यक्त
कांग्रेस बैठकमा आज ३४ जना केन्द्रीय सदस्यको धारणा व्यक्त
जनकपुर अञ्‍चल अस्पतालमा सुत्केरीको मृत्यु, अस्पताल तनाब ग्रस्त
जनकपुर अञ्‍चल अस्पतालमा सुत्केरीको मृत्यु, अस्पताल तनाब ग्रस्त
लिंग नै नभएको बच्चा
लिंग नै नभएको बच्चा
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर
केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर
पर्यटकको पहिलो रोजाइ तालपोखरामा डुङ्गा दौड हुँदै
पर्यटकको पहिलो रोजाइ तालपोखरामा डुङ्गा दौड हुँदै
राेचक : बिरामीसँग बिरामीको बेडमै अस्पतालकी महिला डाक्टरले यौन सम्पर्क!
राेचक : बिरामीसँग बिरामीको बेडमै अस्पतालकी महिला डाक्टरले यौन सम्पर्क!
तपाईँको स्मार्ट फोन तात्यो ? यसो गर्नुहोस्
तपाईँको स्मार्ट फोन तात्यो ? यसो गर्नुहोस्
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,