चार लाख ६७ हजार विद्यार्थीले आजदेखि कक्षा १२ को परीक्षा दिँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०८०
|
|
२४ पटक हेरिएको
Shares
चार लाख ६७ हजार विद्यार्थीले आजदेखि कक्षा १२ को परीक्षा दिँदै

सारांश

  • काठमाडौं।
  • कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ।
  • परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ।

काठमाडौं। कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरेका छन्।

उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह पनि गरे। कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह-केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्। उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ।

बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो। यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो।

(https://woodlees.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘Sasural Genda Phool’ actor Jay Soni finally shares the first glimpse of his newborn baby girl!
‘Sasural Genda Phool’ actor Jay Soni finally shares the first glimpse of his newborn baby girl!
महिला र युवतीमार्फत युवालाई यसरी प्रयोग गरिँदै छ आतंकवादमा
महिला र युवतीमार्फत युवालाई यसरी प्रयोग गरिँदै छ आतंकवादमा
रोचक मतदान : भक्तपुरको बोडेमा एकै परिवारका ४ पुस्ताले दिए भोट
रोचक मतदान : भक्तपुरको बोडेमा एकै परिवारका ४ पुस्ताले दिए भोट
नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिनुभएको समय आज सकिँदै
इमर्जेन्सीमा बिरामी कराइरहन्छन् तर डाक्टर आउँदैनन् !
जन्मदिनको दिन प्रियँका चोपडाले  हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
जन्मदिनको दिन प्रियँका चोपडाले हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
राजपाले माग्यो कांग्रेससँग ६० प्रतिशत सिट, नपाए तालमेल नगर्ने चेतावनी
राजपाले माग्यो कांग्रेससँग ६० प्रतिशत सिट, नपाए तालमेल नगर्ने चेतावनी
सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट
सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट
जापान भूकम्पमा मर्नेको संख्या ४४ पुग्यो
जापान भूकम्पमा मर्नेको संख्या ४४ पुग्यो
कम्युनिष्ट केन्द्र सम्भव छैन,प्रचण्ड पनि मेरै बाटोमा आउँछन्ः बाबुराम
कम्युनिष्ट केन्द्र सम्भव छैन,प्रचण्ड पनि मेरै बाटोमा आउँछन्ः बाबुराम

तपाईंले छुटाउनुभयो कि?