चितवनमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैै

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
५९ पटक हेरिएको
Shares
चितवनमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैै

सारांश

  • चितवनमा बिहीबारदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
  • सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको आयोजक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले जानकारी दिनुभयो ।
  • चितवनको क्यान्सर असपतालमा कात्तिक १६ देखि १८ गतेसम्म आयोजना हुने उक्त सम्मेलनमा करिब ३०० विशेषज्ञ चिकित्सकको सहभागिता रहने जनाइएको छ ।

चितवनमा बिहीबारदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको आयोजक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले जानकारी दिनुभयो ।

चितवनको क्यान्सर असपतालमा कात्तिक १६ देखि १८ गतेसम्म आयोजना हुने उक्त सम्मेलनमा करिब ३०० विशेषज्ञ चिकित्सकको सहभागिता रहने जनाइएको छ ।

डा रौनियारका अनुसार सम्मेलनमा भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका २० भन्दाबढी विदेशी विशेषज्ञ सहभागी हुनेछन् ।

सम्मेलनमा क्यान्सर रोगको उपचार पद्धतिको विषयमा अनुभव आदानप्रदान गरिने र विश्वमा पछिल्लो समयमा विकास भएको उपचार प्रविधिका बारेमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिने सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिनुभयो ।

चितवनको क्यान्सर अस्पतालमा हुन लागेको उक्त सम्मेलनमा क्यान्सर क्षेत्रमा कार्यरत विशेषज्ञ चिकित्सकले गरेको अध्ययन अनुसन्धान समेटिएको कार्यपत्रहरुसमेत प्रस्तुत हुनेछन् । सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको यसअघिको तीन वटा सम्मेलन काठमाडाँैमा भएको थियो । यसपटक भने राजधानी बाहिर सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनको यही कात्तिक १७ गते क्यान्सर रोग लागेर निको भएकी अभिनेत्री मनिषा कोइरालाले उद्घाटन गर्नुहुनेछ । पत्रकार सम्मेलनमा क्यान्सर अस्पताल चितवनका चिकित्सक डा विनय ठाकुरले सम्मेलनबाट क्यान्सर रोगको उपचारमा थप सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शक्तिशाली हुन झाँक्रीले बालकको बलि दिए
शक्तिशाली हुन झाँक्रीले बालकको बलि दिए
सुत्केरीको मृत्युपछि आन्दोलन, गण्डकी मेडिकल कलेजको दर्ता खारेजीको माग
सुत्केरीको मृत्युपछि आन्दोलन, गण्डकी मेडिकल कलेजको दर्ता खारेजीको माग
विद्यार्थीको पहलमा सिन्धुलीमा ‘रक्तसेवा डटकम’ सञ्चालन
विद्यार्थीको पहलमा सिन्धुलीमा ‘रक्तसेवा डटकम’ सञ्चालन
नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ ?
नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ ?
चैत १५ भित्र मन्त्रीहरु फेर्ने तयारीमा देउवा
भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला
भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
‘कसरी गठबन्धन तोड्ने त ?’  प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
‘कसरी गठबन्धन तोड्ने त ?’ प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै