ढिला सुत्ने मानिसमा छिटो मृत्युको खतरा

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
ढिला सुत्ने मानिसमा छिटो मृत्युको खतरा

सारांश

  • राती अबेरसम्म नसुत्ने मानिसको छिटो मृत्युको खतरा हुने एक अध्यनले देखाएकाे छ ।
  • छिटो र ढिला सुत्ने मानिसहरुको स्वास्थ्यमा गरिएको एक अध्ययनले निराशाजनक तथ्य सार्वजनिक गरेको छ ।
  • अध्ययनले राती अबेरसम्म नसुत्ने मानिसको छिटो मृत्युको खतरा देखाएको हाे ।

राती अबेरसम्म नसुत्ने मानिसको छिटो मृत्युको खतरा हुने एक अध्यनले देखाएकाे छ ।

छिटो र ढिला सुत्ने मानिसहरुको स्वास्थ्यमा गरिएको एक अध्ययनले निराशाजनक तथ्य सार्वजनिक गरेको छ । अध्ययनले राती अबेरसम्म नसुत्ने मानिसको छिटो मृत्युको खतरा देखाएको हाे ।

यसका अतिरिक्त अबेरसम्म नसुत्ने मानिसमा मनोबैज्ञानिक समस्या तथा श्वास प्रश्वासमा समेत समस्या हुने गरेको पाइएको छ । म्यूनिखको लुडविग म्याक्समिलन विश्वविद्यालयमा क्रोनोबायोलोलीका प्राध्यापक टिल रोएनवर्गका अनुसार बिहान ढिला उठ्ने मानिसको स्वाथ्यमा बढी जोखिम हुने गर्छ ।

स्लीप एण्ड सर्केडियन न्यूरोसाइन्स इन्सिच्यूट र नफील्ड ल्याब्रोटरी अफ आप्थलमोलोजीका प्रमुख रसेल फोस्टरका अनुसार यदी बिहान छिट्टै उठ्ने मानिसलाई राती अबेरसम्म काम गराएमा उनीहरुको स्वास्थ्यमा समस्या आउन थाल्छ ।

मानिसको सुत्ने र उठने समय अनुशासनको विषय मात्र  नभएको  शोधकर्ताहरुको दाबी छ । उठ्ने र सुत्ने बानीमा ५० प्रतिशत जीनको पनि भूमिका हुने शोधकर्ताहरु बताउँछन् ।  बाँकी ५० प्रतिशत पर्यावरण र उमेरले निर्धारण गर्ने उनीहरुको दाबी छ ।

२० वर्षको उमेरमा मानिस अबेर सुत्ने बानीको चरम अवस्थामा हुने गर्छ । उमेर बढ्दै जाँदा मानिसको बडी क्लकले यसलाई पहिलेकै अवस्थातर्फ लैजान्छ । युनिभर्सिटी अफ सरे मा क्रोनो बायालोजीका प्राध्यापक म्याक्लम वान शात्ज भन्छन, अबेर राती सुत्ने मानिस अल्छि हुन्छन् तर यो मानव जीवन विज्ञान हो । यही विज्ञानले उल्लु चरा तथा अन्य पंक्षिलाई पनि प्रभावित गर्छ ।

अबेरसम्म निद्रा नलाग्नुका पछाडी सूर्याेदय र सूर्यस्तसँग पनि जोडिएको हुन्छ । दिउसोमा सुर्यको रोशनी भन्दा रातीको समयमा कृतिम प्रकाशमा बस्दा यस्तो समस्या हुन्छ । यसले छिटो निद्रा लाग्दैन । यो राती अबेरसम्म जागै रहने मानिसको साझा समस्या हो । जो पहिले देखिनै आफ्नो जीवन विज्ञानमा चल्दै अबेर सुत्ने समस्याबाट पिडित हुन्छन् ।

बिहान सूर्यको प्रकाश लिने र रातीमा कृतिम प्रकाश जस्तै मोबाइल र ल्यापटपबाट आउने निलो प्रकाशबाट आफूलाई बचाउन सकेमा ढिलो निद्रा लाग्ने समस्या अन्त्य हुन्छ ।

(एजेन्सीको सहयोगमा ।)

(yourolddog.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले संविधानको कार्यान्वयन गर्न नसकेको आरोप
सरकारले संविधानको कार्यान्वयन गर्न नसकेको आरोप
प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते
प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते
काभ्रेका  क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
काभ्रेका क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
भ्रष्टाचारी नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्रीकै  लबिङ,
भ्रष्टाचारी नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्रीकै लबिङ,
१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
सर्वोच्चको आदेश लिएर विमान उडाउँदा दुर्घटना !
सर्वोच्चको आदेश लिएर विमान उडाउँदा दुर्घटना !
जिल्ला सभापतिहरुको भेला: संगै बसेका पौडेल भेटे तर देउवालाइ भेटेनन्
जिल्ला सभापतिहरुको भेला: संगै बसेका पौडेल भेटे तर देउवालाइ भेटेनन्
अाज यो वर्षकै ठूलो सूर्यग्रहण लाग्ने
अाज यो वर्षकै ठूलो सूर्यग्रहण लाग्ने

तपाईंले छुटाउनुभयो कि?