चुणामणि शर्मासँग अख्तियारद्वारा बयान शुरु !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
३८ पटक हेरिएको
Shares
चुणामणि शर्मासँग अख्तियारद्वारा बयान शुरु !

सारांश

  • ८ मंसिर, काठमाडौं ।
  • तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमितताको आरोप लागेका चुणामणि शर्माको अकुत सम्पत्तिमा अख्तियारले बयान लिन शुरु गरेको छ ।
  • अख्तियार स्रोतका अनुसार उनीसँग एक पटक बयान लिइएको छ ।

८ मंसिर, काठमाडौं । तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमितताको आरोप लागेका चुणामणि शर्माको अकुत सम्पत्तिमा अख्तियारले बयान लिन शुरु गरेको छ ।

अख्तियार स्रोतका अनुसार उनीसँग एक पटक बयान लिइएको छ । फेरि आउन पत्र थमाइएको छ ।

आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई गत १९ जेठमा अख्तियारले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।

तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमित ढंगले कर मिनाहा दिइएको विषयमा उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

उक्त मुद्दा सीमित फाइलबाट प्राप्त प्रमाणका आधारमा दायर गरिएको हो । थप फाइल खोल्दै जाने क्रममा सातदिने म्यादसहित आयोगमा हाजिर हुन कात्तिक अन्तिम साता उनलाई पत्र पठाइएको थियो ।

तर, उनी तोकिएको समयभित्र उपस्थित भएनन् । त्यसको कारणसहित अख्तियारमा निवेदन दिएका छन् ।

शर्मासहित तत्कालीन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेशप्रसाद ढकालविरुद्धको मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ ।

अख्तियारले शर्मा, महत र ढकालविरुद्ध १० अर्ब दुई करोड रुपैयाँ बिगो दाबीसहित गत साउनमा विशेषमा मुद्दा दायर गरेको हो ।

शर्मा अझै विशेष अदालत गएका छैनन् । महत र ढकाल भने जनही एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त भएका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rameshthapa Magar

    daka

    Comment Author

    Gb Chettri

    नेपाल्मा पैसा पेले पछि जे जस्तो अप्राध पनि सफल हुन्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागू औषध सहित पक्राउ
लागू औषध सहित पक्राउ
राप्रपा प्रजातान्त्रिकको बैठक आज बस्दै
राप्रपा प्रजातान्त्रिकको बैठक आज बस्दै
हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी
हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
न्युयोर्कमा ट्रक आक्रमण, ८ जनाको मृत्यु , आक्रमणमा आईएसको हात
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
फेरि एकसाथ पर्दामा देखिने भए मुन्नाभाइ र सर्किट
फेरि एकसाथ पर्दामा देखिने भए मुन्नाभाइ र सर्किट
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
प्रमुख निर्वाचन आयुक्त र समावेशी आयोगका सदस्यको सुनुवाइ आज
प्रमुख निर्वाचन आयुक्त र समावेशी आयोगका सदस्यको सुनुवाइ आज
राम्रा कामको प्रचार नहुँदा  नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल