‘हे गोरी’ कभर भिडियो प्रतियोगिता, उत्कृष्टलाई ५० हजार नगद पुरस्कार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
‘हे गोरी’ कभर भिडियो प्रतियोगिता, उत्कृष्टलाई ५० हजार नगद पुरस्कार

सारांश

  • केही समय अगाडि सार्वजनिक भएको गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वरमा रहेको गीत ‘हे गोरी’को कभर भिडियो प्रतियोगिता हुने भएको छ ।
  • कभर भिडियो प्रतियोगितामा सहभागी हुनकालागि उक्त गीतमा आफुले भिडियो निर्माण गरेर आफ्नै या अन्य कुनै यूट्युब च्यानलमा ‘हे गोरी कभर भिडियो र आफ्नो ग्रुपको नाम सहितको टाइटल राखेर अपलोड गरी उक्त भिडियोको लिंक prarajpoudel@gmail.
  • com  मा इमेल गर्नु पर्नेछ ।

केही समय अगाडि सार्वजनिक भएको गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वरमा रहेको गीत ‘हे गोरी’को कभर भिडियो प्रतियोगिता हुने भएको छ । कभर भिडियो प्रतियोगितामा सहभागी हुनकालागि उक्त गीतमा आफुले भिडियो निर्माण गरेर आफ्नै या अन्य कुनै यूट्युब च्यानलमा ‘हे गोरी कभर भिडियो र आफ्नो ग्रुपको नाम सहितको टाइटल राखेर अपलोड गरी उक्त भिडियोको लिंक prarajpoudel@gmail.com  मा इमेल गर्नु पर्नेछ । भिडियो पठाउने अन्तिम मिती आगामी माघ १५ गते तोकिएको छ । उत्कृष्ट ३ भिडियोलाई क्रमश ५० हजार, ३० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने ‘हे गोरी’ गीतका रचनाकार पुस्कर पन्तले जानकारी दिएका छन् । कभर भिडियोको मुल्यांकन ओरिजिनल भिडियोका कोरियोग्राफर, निर्देशक लगायतले गर्ने छन् । शंकर थापा स्माइलको संगीत रहेको यस गीतको ओरिजिनल भिडियोमा बुगीउगी डान्स रियालिटी शो विजेता कविता नेपाली र रचनाकार पन्त फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियोको कोरियोग्राफी प्रशान्त तामाङले गरेका

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?