जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई अझै थप पाँच दिन हिरासतमा राख्न अनुमति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
२० पटक हेरिएको
Shares
जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई अझै थप पाँच दिन हिरासतमा राख्न अनुमति

सारांश

  • काठमाडौँ ।
  • ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
  • आज शुक्रबार उक्त प्रकरणमा पक्राउ परेकाहरु मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज शुक्रबार उक्त प्रकरणमा पक्राउ परेकाहरु मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको प्रहरीले जनाएको छ ।

ललिता निवास जग्गा प्रकरणमा किर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको थियो ।

सीआईबीले उनीहरुविरुद्ध किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?