जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
५६ पटक हेरिएको
Shares
जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

सारांश

  • पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
  • फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो ।
  • पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ ।

पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनलाई नुवाकोटमा आफन्तको घरबाट पक्राउ गरिएको हो ।

उनले आफ्नै १५ वर्षीया छोरीलाई पटकपटक करणी गरेको भन्दै छोरीले केही दिनअघि इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दर्ता गराएकी थिइन् । नुवाकोटबाट पक्राउ परेका उनलाई बिहीबार चितवन ल्याइएको हो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले आज तीनदिने नवजात शिशुको उद्धार गरेको छ । भरतपुर महानगरपालिका–२९ अनमोल होटल अगाडि बेवारिसे अवस्थामा भेटिएकी शिशुको उद्धार गरिएको हो ।

कपडामा बेरेर राखेको अवस्थामा भेटिएको नवजात शिशुको उद्धारपछि उपचारका लागि पुरानो मेडिकल कलेजमा राखिएको प्रहरीले जनाएको छ । नवजात शिशुलाई बेवारिसे अवस्थामा छाड्ने आमाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छठ पूजासँगै रुप फेरिएको कमलपोखरी, बुधबार दिनभर सफाई अभियान
छठ पूजासँगै रुप फेरिएको कमलपोखरी, बुधबार दिनभर सफाई अभियान
कांग्रेस नेताबीच घोचपेच
कांग्रेस नेताबीच घोचपेच
सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड
सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड
वीरगञ्जको सडकमै मृत भेटिए कोरोना संक्रमित, पहिचान खुल्न सकेन
वीरगञ्जको सडकमै मृत भेटिए कोरोना संक्रमित, पहिचान खुल्न सकेन
सरकारमा नजाँदै महतो देखि भण्डारीसम्म दिल्लीतिर सुटुक्क
सरकारमा नजाँदै महतो देखि भण्डारीसम्म दिल्लीतिर सुटुक्क
केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता
केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता
कपिलवस्तु प्रतिनिधिसभा समानुपातिकमा काँग्रेस पहिलो
कपिलवस्तु प्रतिनिधिसभा समानुपातिकमा काँग्रेस पहिलो
पोर्चुगल र ब्राजिल एक खेल अगावै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश
पोर्चुगल र ब्राजिल एक खेल अगावै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश
रूसी विमान दुर्घटनामा ६५ युक्रेनीसहित ७४ जनाको मृत्यु
रूसी विमान दुर्घटनामा ६५ युक्रेनीसहित ७४ जनाको मृत्यु
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरामा, खतराको जिम्मा प्रतिष्ठानले नलिने
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरामा, खतराको जिम्मा प्रतिष्ठानले नलिने