गण्डकी प्रदेशको बजेट विकासको खाका कोर्ने र जनमुखी छः सांसद पहारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १२, २०७६
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • गण्डकी प्रदेशले जारी गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै कास्की क्षेत्र नंवर ३ खका नेकपा सांसद राजिव पहारीले प्रतिपक्षले बजेट माथि लगाएको आरोपको खण्डन गरेका छन् ।
  • बजेट सत्तापक्षीय, राजनीतिक आग्रहयुक्त, पहुँच तथा प्रभावमा आधारित र जनताका लागि हरियो घाँसको रुपमा आएको भन्ने प्रतिपक्ष लगाएको आरोपको बचाउ गर्दै पहारीले बजेट जनमुखी र विकासको सम्भावनाले भरिपुर्ण रहेको दावी गरे ।
  • अघिल्लो वर्ष नीति नियम र कानुन निर्माणमा समय खर्चिए पनि यो वर्ष भने बजेटले गण्डकी प्रदेशमा विकासको लहर ल्याउने उनको तर्क छ ।

गण्डकी प्रदेशले जारी गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै कास्की क्षेत्र नंवर ३ खका नेकपा सांसद राजिव पहारीले प्रतिपक्षले बजेट माथि लगाएको आरोपको खण्डन गरेका छन् । बजेट सत्तापक्षीय, राजनीतिक आग्रहयुक्त, पहुँच तथा प्रभावमा आधारित र जनताका लागि हरियो घाँसको रुपमा आएको भन्ने प्रतिपक्ष लगाएको आरोपको बचाउ गर्दै पहारीले बजेट जनमुखी र विकासको सम्भावनाले भरिपुर्ण रहेको दावी गरे ।

अघिल्लो वर्ष नीति नियम र कानुन निर्माणमा समय खर्चिए पनि यो वर्ष भने बजेटले गण्डकी प्रदेशमा विकासको लहर ल्याउने उनको तर्क छ । बजेट सांसदमुखी नभएर जनमुखी हुनुले पनि प्रदेशको विकासमा निकै फलदायी हुने पहारीले भने ।

बजेटलाई लार्भाको रुपमा चित्रित गर्दै विकास पुतलीको रुपमा उड्ने दावी गरे । यो पटकको बजेटले गण्डकी प्रदेशका जिल्लाहरुको अवस्था र आवश्यकता अनुसार बजेट र कार्यक्रम तर्जुमा गरिएको सांसद पहारीको भनाई छ । विकासका पूर्वाधार भएका जिल्लाहरुको तुलनामा दुर्गम जिल्लामा बढि बजेट राखिनुले पनि यो बजेट जनमुखी र यथार्थपरक रहेको पहारीले दावी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?