मनोज पुनलाई सहयोग गरेको अभियोगमा माअाेवादीकेन्द्रका नेता कारवाहीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
४१ पटक हेरिएको
Shares
मनोज पुनलाई सहयोग गरेको अभियोगमा माअाेवादीकेन्द्रका नेता कारवाहीमा

सारांश

  • काठमाडाै, १३ वैशाख ।
  • निर्माण व्यवसायीको हत्या गराएको अभियोग लागेका तथा प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका माओवादी केन्द्रका नेताहरुलाइ पार्टीले कारवाही गरेकाे छ।
  • सो पार्टीको राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र रुपन्देही जिल्ला सदस्य तुल्सी न्यौपानेलाई कारवाही गरिएको माओवादी केन्द्र रुपन्देहीले जनाएको छ ।

काठमाडाै, १३ वैशाख । निर्माण व्यवसायीको हत्या गराएको अभियोग लागेका तथा प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका माओवादी केन्द्रका नेताहरुलाइ पार्टीले कारवाही गरेकाे छ।

सो पार्टीको राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र रुपन्देही जिल्ला सदस्य तुल्सी न्यौपानेलाई कारवाही गरिएको माओवादी केन्द्र रुपन्देहीले जनाएको छ ।

माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले विज्ञप्तिमार्फत विहिबार दिएको जानकारी अनुसार उनीहरुलाई पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाइएको हाे ।

यसअघि पुनको मुख्य सहयोगीका रुपमा काम गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले)निकट युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल र सदस्य उत्तम आचार्यलाई एमालेले पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?