जाडोमा छाला जलेर कालो भएको छ भने यस्ता छन् केही घरेलु उपायहरु !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०८०
|
|
३४ पटक हेरिएको
Shares
जाडोमा छाला जलेर कालो भएको छ भने यस्ता छन् केही घरेलु उपायहरु !

सारांश

  • काठमाडौं ।
  • जाडोको समयमा सबैलाई घाममा बस्न एकदमै मन पर्छ जसले गर्दा छाला जलेर कालो हुन थाल्छ ।
  • त्यसैले जाडोमा कालो भएको छालामा प्राकृतिक चमक वा गोरोपन ल्याउनका लागि केही घरेलु उपायहरु अपनाउन सकिन्छ ।

काठमाडौं । जाडोको समयमा सबैलाई घाममा बस्न एकदमै मन पर्छ जसले गर्दा छाला जलेर कालो हुन थाल्छ । त्यसैले जाडोमा कालो भएको छालामा प्राकृतिक चमक वा गोरोपन ल्याउनका लागि केही घरेलु उपायहरु अपनाउन सकिन्छ ।

दैनिक रुपमा एलोवेरा जेल लगाएर अनुहारमा १५ मिनेटका लागि राख्ने । यसले छाला जलेर कालो भएको समस्याबाट छुट्कारा दिन्छ ।

तपाईं कालो भएको छालामा दही र बेसारको मिश्रण पनि लगाउन सक्नुहुन्छ । यसलाई जलेको ठाउँमा लगाएर १५ मिनेट राख्नुहोस् र सफा पानीले धुनुहोस् । दैनिक रुपमा यस्तो गर्नाले तपाईंको छालामा प्राकृतिक निखार आउँछ ।

त्यस्तै यदी चिल्लो छाला छ भने आलुको रसको प्रयोग पनि गर्न सकिन्छ । यदी तपाईंको छाला सुख्खा छ भने यसको प्रयोग गर्नबाट जोगिनुहोस् ।

तपाईं जलेको छालालाई चम्काउनका लागि दही र टमाटरको मिश्रण पनि लगाउन सक्नुहुन्छ । दहीले छाला मोइस्चर गराउँछ भने टमाटरले जलेको ठाउँमा चमक ल्याउँछ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?