गठबन्धनलाई हराउँदै चैनपुरमा एमालेले जित्यो मेयर–उपमेयर
सारांश
- संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
- एमालेका मेयरका उम्मेदवार कृष्णकुमार तामाङ ६ हजार ७५७ सहित निर्वाचित भएका हुन् ।
- उनले नेपाली काँग्रेसका ज्ञानबहादुर कार्कीलाई ८१७ मतान्तरले पराजित गरेका छन् ।
संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार कृष्णकुमार तामाङ ६ हजार ७५७ सहित निर्वाचित भएका हुन् । उनले नेपाली काँग्रेसका ज्ञानबहादुर कार्कीलाई ८१७ मतान्तरले पराजित गरेका छन् ।
काँग्रेसका कार्कीले ५ हजार ९४० मात्र प्राप्त गरे । चैनपुरको उपमेयरमा पनि एमालेकै एलिना श्रेष्ठ विजयी भएकी छिन् । उनले ६ हजार ३०५ ल्याउँदा माओवादी केन्द्रका लाखमान तामाङले ५ हजार ४३० पाए । तामाङ एमाले उम्मेदवार श्रेष्ठसँग ८७५ मतान्तरले पराजित भएका छन् । चैनपुरमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो । गठबन्धनलाई पराजित गरेर एमालेले मेयर उप मेयरमा जित हात पारेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया