प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २३, २०७६
|
|
१८ पटक हेरिएको
Shares
प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो

सारांश

  • प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।
  • प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो ।
  • पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन् ।

प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो ।

पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन् । सरकार गठन भएदेखि नै मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावको कारण सरकारले प्रभावकारी रुपले काम गर्न नसकेको गुनासो गर्दै आएकोमा विधेयक पारित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “अब प्रदेश नं २ सरकारले आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज र प्रभावकारी बनाउने छ ।”

मुख्यमन्त्री राउतले भने,“लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरे पनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन । अब विधेयक प्रमाणीकरणलगत्तै लोकसेवा आयोग गठन प्रक्रिया अगाडि बढाइन्छ ।”

त्यसैगरी प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था व्यवस्था गर्न बनेको विधेयक २०७५ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइएको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले पेश गरेका प्रदेश नं २ को वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेशसभामा टेबलसमेत गरिएको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार दिनको ३ बजे बस्ने भएको छ ।

चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो
चुनावअघि नगरवासीसँग बोलेका कुरा व्यवहारमा लागू नगरेपछि मेक्सिकोका एक मेयरमाथि नगरवासीले सजाय दिएका छन् । उनलाई महिलाको पोशाक लगाएर चार दिनसम्म सहडमा घुम्न लगाइएको छ ।

मेक्सिकोको हुइक्स्टन शहरमा मेयरको चुनाव जितेपछि जाभियर सेवास्टियन जिमेनेज सान्टिजले नगरवासीसँगको प्रतिवद्धता पूरा गरेनन् । नगरवासी मेयरको कार्यकक्षमा पसेर जाभियर र नगरपालिकाका आर्थिक पाटो हेर्ने संरक्षकलाई महिलाको लुगा लगाउन वाध्य पारेका हुन् । दुवैलाई महिलाको कपडा लगाएर शहर घुमाइएको थियो ।

महिलाको कपडा लगाएर चार दिनसम्म शहरको गल्ली घुम्न वाध्य पारिएका थिए । मेरले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएर घुमेका थिए । मेयरले करिब करोर्डौ सरकारी सम्पत्ति आफ्ना मान्छेलाई बाडेको आरोप सहरवासीले लगाएका छन्।

यो पैसाको प्रयोग सहरको विकास कार्यमा लगाउनु पर्ने उनीहरुको भनाई छ। यति मात्र नभएर मेयरले चुनावमा भनेका कुराहरु पनि पुरा नगरेको समेत आरोप लगाएका छन्। आरोप लगाएसँगै उनीहरुले मेयरविरुद्ध बोल्न शुरु गरे। विरोध गर्दै उनीहरुले मेयरको पोस्टर पनि सहरभरी लगाए । एजेन्सी

साउन २३ गते विहिबारको राशिफल यस्तो छ
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । प्रयत्न गरे अधिक फाइदा लिन सकिनेछ । ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सन्तान सुख मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभपनि रहला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जोश जाँगर र उमंग बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गरेका काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा दुविधा उत्पन्न हुनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भयछ सचेत रहनुहोला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?