विजय पछि सुवालले भन्नुभयो–नेमकिपाको विजय पूर्वबाट घाम उदाए जस्तै हो
सारांश
- भक्तपुर, मंसिर २५ – भक्तपुर क्षेत्र नम्बर १ बाट ३३ हजार ७६ मतसहित नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ ।
- उहाँले नेपाली कांग्रेसका बाबुराजा जोशीलाई १५ हजार २ सय ५८ मतले पछाडि पार्दै विजयी हुनभयो ।
- जोशीले १७ हजार ८ सय १८ मत प्राप्त गर्नुभयो ।
भक्तपुर, मंसिर २५ – भक्तपुर क्षेत्र नम्बर १ बाट ३३ हजार ७६ मतसहित नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ ।
उहाँले नेपाली कांग्रेसका बाबुराजा जोशीलाई १५ हजार २ सय ५८ मतले पछाडि पार्दै विजयी हुनभयो । जोशीले १७ हजार ८ सय १८ मत प्राप्त गर्नुभयो ।
सुवालको विजयसँगै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको बिरासतका रुपमा लिईने भक्तपुरमा बिजुक्छेको बिरासत जोगाउनु भएको छ ।बिजुक्छेले उम्मेदवारी नदिएपछि नेमकिपाको मत घट्ने चर्चालाई सुवालले चिर्नुभएको छ । विजयी भएपछि बोल्दै उहाँले नेमकिपाको विजय पूर्वबाट घाम उदाए जत्तिकै भएको बताउनुभयो ।
भक्तपुरमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा एक सदस्यमा नेमकिपाले विजयी हासिल गरेको छ । ‘नेमकिपाले थोरै ठाउँमा मात्रै विजयी भयो भनेर हुँदैन, नेमकिपाको विजय पूूर्वबाट घाम उदाएर देशैभर उज्यालो छरे जत्तिकै हो, नेमकिपाको विचार पनि भक्तपुरबाट एकदिन देशभर छरिने छ, नेमकिपा ठिक रहेछ भन्ने सबैले बुझ्ने छन्,’ उहाँले भन्नुभयो ।
नेमकिपाले नेपाली देश र जनाताको नाममा लड्ने बताउने बताउनुभयो । वाम गठबन्धन वास्तविक कम्युनिष्ट नभएको प्रतिक्रिया दिँदै उहाँलेसरकार गठन र सत्ताका लागि फेरि पनि खिचातानी हुने दावी गर्नुभयो ।
त्यस्तै प्रदेशसभामा क्षेत्र नं. १ प्रदेश (ख) मा सुरेन्द्रराज गोसार्इंले २३ हजार १ सय ६४ मतसहति विजयी हुनुभयो । विजयी भएपछि बोल्दै उहाँले निशुल्क शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको माग गर्दै नागरिकको पक्षमा प्रतिपक्षको तर्फबाट आवाज उठाउने बताउनुभयो ।
प्रतिक्रिया