माओवादी विभाजन नहुनेमा प्रचण्ड ढुक्क

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०८१
|
|
३९ पटक हेरिएको
Shares
माओवादी विभाजन नहुनेमा प्रचण्ड ढुक्क

सारांश

  • काठमाडौं।
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुने कुराको कुनै गुञ्जायस नरहेको बताएका छन्।
  • सोमबार स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी केही नहुने र सबै मिलेर नै अगाडि बढ्ने बताए।

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुने कुराको कुनै गुञ्जायस नरहेको बताएका छन्। सोमबार स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी केही नहुने र सबै मिलेर नै अगाडि बढ्ने बताए।

‘नेतृत्व हस्तान्तरणको पस्ताव आयो। के छ तपाईँको धारणा?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘केही हुँदैन, सबै मिलेर जान्छन्। तपाईँहरुलाई हो टेनसन, हामीलाई केही छैन।’

पार्टी उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर संरक्षकको भूमिकामा बस्नुपर्ने प्रस्ताव लगेका थिए। उपमहासचिव शर्माले बैठकमा राखेको लिखित प्रस्तावमा नेतृत्व प्रश्नैप्रश्नले घेरिएको थियो । उनले पार्टी अहिलेको अवस्थामा आउनुको प्रमुख दोषी प्रचण्डलाई देखाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?