महिना दिनदेखि किशोरी बेखबर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
४६ पटक हेरिएको
Shares
महिना दिनदेखि किशोरी बेखबर

सारांश

  • गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् ।
  • गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् ।
  • सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्छिन् ।

गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् ।

सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्छिन् । आफन्तजनले सोमबार पत्रकार भेटघाट राखी बेपत्ता किशोरीको खोजीमा सघाउन सबैमा आग्रह गरेका छन् । “पुस २९ गते साँझ ६ः३० सम्म छोरी हामीसँगै थिई, त्यसपछि कता गई, अहिलेसम्म सम्पर्कमा आएकी छैन”, आमा मनकुमारीले भन्नुभयो ।

सोही दिन रातिदेखि नै परिवारजनले किशोरीको खोजी शुरु गरेका थिए । हराएको चार दिनपछि प्रहरीमा निवेदन दिएको आमा मनकुमारीले बताउनुभयो । प्रहरीले पनि खोजीकार्य तीव्र पारेको छ । अञ्जुले पढ्ने ९ कक्षाका विद्यार्थीसँग सोधपुछ गर्दा कक्षा ११ मा पढ्ने अनिल थापासँग उनको प्रेम सम्बन्ध रहेको पाइएको छ ।

बागलुङ नगरपालिका–११ रायडाँडाका थापा पनि करिब महिना दिनदेखि बेपत्ता छन् । उनको परिवारले पनि हराएको भनी प्रहरीमा निवेदन दिएको छ । दुवै परिवारले एकर्काप्रति आशङ्का गरेका छन् । दुवै जना सँगै रहेको या भागेर कतै गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुवै परिवारको निवेदनका आधारमा खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपि अोलिले भने बूढो रुखलाई जति युरिया मल हालेनि बढ्दैन् ।
केपि अोलिले भने बूढो रुखलाई जति युरिया मल हालेनि बढ्दैन् ।
हारेपछि कमल थापाको अर्को ट्वीट – म कसैलाई दोष दिन चाहन्न
हारेपछि कमल थापाको अर्को ट्वीट – म कसैलाई दोष दिन चाहन्न
भारतबाट गैँडा ल्याइयो
भारतबाट गैँडा ल्याइयो
एकीकृत पार्टीको अध्यक्षमा अड्कियो पार्टी एकता
एकीकृत पार्टीको अध्यक्षमा अड्कियो पार्टी एकता
गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्ने : सभापति देउवा
गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्ने : सभापति देउवा
शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्
शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्
अर्जेन्टिनासँगको सेमिफाइनलअघि कप्तान केनको प्रतिबद्धता: ‘इङ्ग्ल्यान्डको असली लय देखिन अझै बाँकी छ’
अर्जेन्टिनासँगको सेमिफाइनलअघि कप्तान केनको प्रतिबद्धता: ‘इङ्ग्ल्यान्डको असली लय देखिन अझै बाँकी छ’
नवनिर्वाचित सभामुख सापकाेटाले दिए सपथ
नवनिर्वाचित सभामुख सापकाेटाले दिए सपथ
पुट्ट पेट बढ्यो, घटाउन अपनाउनुहोस् यी १० घरेलु उपाय
पुट्ट पेट बढ्यो, घटाउन अपनाउनुहोस् यी १० घरेलु उपाय
वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ
वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ