शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
२७ पटक हेरिएको
Shares
शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर

सारांश

  • श्रावण १, २०७४- कर निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • अख्तियारले आइतबार शर्मासहित कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब ९६ करोड बिगो मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
  • अख्तियारका अनुसार बिगो र जरिवाना मागदाबी गरेको कुल रकम जोड्ने हो भने त्यसको आकार झन्डै ३३ अर्बको हाराहारीमा पुग्नेछ ।

श्रावण १, २०७४- कर निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार शर्मासहित कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब ९६ करोड बिगो मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अख्तियारका अनुसार बिगो र जरिवाना मागदाबी गरेको कुल रकम जोड्ने हो भने त्यसको आकार झन्डै ३३ अर्बको हाराहारीमा पुग्नेछ । भ्रष्टाचार निवारण ऐनको दफा ७ मा राजस्व चुहावटसम्बन्धी आरोप पुष्टि भए बिगो र त्यसको दोब्बर बराबर जरिवाना हुने व्यवस्था छ ।

अख्तियारले विस्तृत छानबिन थाले देखि नै आयोगका अध्यक्ष महत र सदस्य ढकाल फरार छन् भने सदस्यसचिवसमेत रहेका चूडामणि शर्मा अख्तियारकै हिरासतमा छन् । अख्तियारले कुल १०६९ फाइलमध्ये पहिलो चरणमा ४५ फाइलमाथि अनुसन्धान टुंग्याएको हो । त्यसमा केही विवादास्पद र चर्चित कम्पनीहरूको फाइलसमेत रहेको स्रोतले बतायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार
राप्रपा अधिवेशनः ७१ जिल्लाको नतिजा आयो, कहाँ को विजयी ?
राप्रपा अधिवेशनः ७१ जिल्लाको नतिजा आयो, कहाँ को विजयी ?
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
दूध र बिस्कुट किन्दा यस्तो मिलेमतो देखियो
दूध र बिस्कुट किन्दा यस्तो मिलेमतो देखियो
औषधि सेवन नगरे सरकारी सेवाबाट वञ्चित
औषधि सेवन नगरे सरकारी सेवाबाट वञ्चित
देउवा प्रम भए लगतै आरजुको चलखेल बढ्यो  मुख्यसचिवमा: लोकदर्शन रेग्मीलाई ल्याइने तयारी
देउवा प्रम भए लगतै आरजुको चलखेल बढ्यो मुख्यसचिवमा: लोकदर्शन रेग्मीलाई ल्याइने तयारी
कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
देउसि टाेलिमार्फत ओलीलाई झलनाथको सुझाव !
देउसि टाेलिमार्फत ओलीलाई झलनाथको सुझाव !
चितवनमा बस र ट्रक ठोक्किदा २९ घाइते, एक जनाको अवस्था गम्भीर
चितवनमा बस र ट्रक ठोक्किदा २९ घाइते, एक जनाको अवस्था गम्भीर
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने

तपाईंले छुटाउनुभयो कि?