फोन गरेपछि आफै भात पाक्ने उपकरण बनाए ओलीले

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
फोन गरेपछि आफै भात पाक्ने उपकरण बनाए ओलीले

सारांश

  • रुकुम – फोनकै भरमा राइसकुकरले भात पकाउने कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ ।
  • तर रुकुम (पश्चिम) का एक विद्यार्थीले मोबाइलबाट फोन गरेर राइसकुकरमा भात पकाउने उपकरणको आविष्कार गरेका छन् ।
  • सदरमुकाम मुसिकोट नगरपालिका–११, भलक्चा स्यावाङका वसन्त ओलीले फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने उपकरण बनाएका हुन् ।

रुकुम – फोनकै भरमा राइसकुकरले भात पकाउने कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ ।

तर रुकुम (पश्चिम) का एक विद्यार्थीले मोबाइलबाट फोन गरेर राइसकुकरमा भात पकाउने उपकरणको आविष्कार गरेका छन् ।

सदरमुकाम मुसिकोट नगरपालिका–११, भलक्चा स्यावाङका वसन्त ओलीले फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने उपकरण बनाएका हुन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

दाङको पद्योदयमा इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले फोन गरेर घरमा रहेको राइसकुकरमा भात पकाउन सकिने उपकरणको आविष्कार गरेर सबैलाई अचम्मित पारेका छन् ।

ओलीका अनुसार यस उपकरणले राइसकुकर मात्र नभइ सम्पूर्ण विद्युतीय उपकरण खोल्न र बन्द गर्न गर्न मिल्छ ।

दुई वर्षअघि एकजना शिक्षकले कुनै प्रसंगमा १० वर्षपछि मोबाइलबाटै फोन गरेर भात पकाउन मिल्ने राइसकुकर बन्न सक्छ भनेको कुराबाट प्रेरित भएर आफूले यो उपकरण बनाएको ओलीले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    पदम राज गिरि

    अाे हाे के जमना अाय गाँठे !!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?