मन्त्री अधिकारीको दुर्घटनाको कारण पत्ता लगाउन समय लाग्ने
सारांश
- काठमाडौं ।
- मन्त्री रवीन्द्र अधिकारीको पाथिभरा नजिकमा भएको हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउन समय लाग्ने भएको छ ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित सातजनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाको जाँच आयोगले प्रतिवेदन बुझाउन अझै समय लाग्ने भएको हो ।
काठमाडौं । मन्त्री रवीन्द्र अधिकारीको पाथिभरा नजिकमा भएको हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउन समय लाग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित सातजनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाको जाँच आयोगले प्रतिवेदन बुझाउन अझै समय लाग्ने भएको हो ।
दुर्घटना पत्ता लगाउन बनेको आयोगले दुर्घटनामा निधन भएकाको भित्री अंगको फोरेन्सिक जाँचको प्रतिवेदन आउन समय लाग्ने बताएको छ ।
जाँच आयोगका अध्यक्ष यज्ञप्रसाद गौतमले हेलिकोप्टर निर्माता कम्पनीले छानबिनमा सहयोग पुग्ने गरी केही सूचना दिनुपर्ने हुनाले आफूहरू त्यसको पर्खाइमा रहेको बताए ।
विधि विज्ञान प्रयोगशालाबाट भित्री अंगको वैज्ञानिक परीक्षण प्रतिवेदन समेत आउन बाँकी रहेको बताए ।
दुर्घटनामा परेको ‘सिङ्गल इञ्जिन हेलिकप्टर एच १२५’ फ्रान्सस्थित यूरोकप्टर र एरोस्पटाइलले निर्माण गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जाँच आयोगका सदस्य बुद्धिसागर लामिछानेले दुर्घटनाको तथ्यगत् जानकारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तय गरेको विधि र प्रक्रिया बमोजिम जुटाउने प्रयास गरिएको बताए ।
दुर्घटनाको ९० प्रतिशत सूचना संकलन गरिसकिएको बताइएको छ । संकलित सूचना तथा तथ्यांकको विश्लेषण भइरहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको दुर्घटना छानबिन सम्बन्धमा यान्त्रिक अवस्था, सञ्चालन र मौसमको अवस्था, मानव चालक र उडान गतिविधिलाई समेटेर तयार गरेको मापदण्डलाई ध्यानमा राखेर छानबीन भइरहेको छ ।
प्रतिक्रिया