डुबेर मृत्यु तथा बेपत्ता
सारांश
- काठमाडौं, १९ भदौ मोरङ्ग ः रतुवामाई नगरपालिका–७ सुकुम्बासी टोल बस्ने हिरा रिषिदेवको ५ वर्षीय छोरा रोहन रिषिदेव घर नजिकैको कल्भर्टमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएकाले स्वास्थ्य चौकी पठाइएकोमा उपचारको क्रममा मृत्यु आइतबार मृत्यु भएको छ ।
- पाँचथर ः याङबरक गाउँपालिका–४ दाहाल गाउँस्थित ईवा खोलामा नुहाउने क्रममा फिदिम नगरपालिका–८ बस्ने ३२ वर्षीय नरसिङ आङदम्बे लिम्बु खोलाले बगाई बेपत्ता भएका छन् ।
- लिम्बुको प्रहरीले खोजी गरिरहेको छ ।
काठमाडौं, १९ भदौ
मोरङ्ग ः रतुवामाई नगरपालिका–७ सुकुम्बासी टोल बस्ने हिरा रिषिदेवको ५ वर्षीय छोरा रोहन रिषिदेव घर नजिकैको कल्भर्टमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएकाले स्वास्थ्य चौकी पठाइएकोमा उपचारको क्रममा मृत्यु आइतबार मृत्यु भएको छ ।
पाँचथर ः याङबरक गाउँपालिका–४ दाहाल गाउँस्थित ईवा खोलामा नुहाउने क्रममा फिदिम नगरपालिका–८ बस्ने ३२ वर्षीय नरसिङ आङदम्बे लिम्बु खोलाले बगाई बेपत्ता भएका छन् । लिम्बुको प्रहरीले खोजी गरिरहेको छ ।
रामेछाप ः मन्थली नगरपालिका–१ कुनौरीस्थित तामाकोशी नदिमा नुहाउने क्रममा सिन्धुलीका १८ वर्षीय छबिराम श्रेष्ठ नदिले बगाई बेपत्ता भएका छन् ।
नुवाकोट ः बेलकोटगढी नगरपालिका–७ ठुलो खोलास्थित नालामा जाम भएको पानीमा जाल्पादेबी बालुवा प्रशोधन कम्पनीको स्काईभेटरले जाम भएको पानी खोल्ने क्रममा स्काईभेटर खाल्डोमा परी त्रिशुली नदिमा पल्टिन जाँदा धादिङ महादेबस्थान तसरपुरका २९ वर्षीय सुरेश तामाङ त्रिशुली खोलाले बगाई बेपत्ता भएका छन । तामाङको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक उद्धार तथा अनुसन्धान कार्य गरिरहेको छ ।
प्रतिक्रिया