तीजमा स्वस्थ्य र उद्यमी बन्न सन्देश

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
तीजमा स्वस्थ्य र उद्यमी बन्न सन्देश

सारांश

  • पोखरा, २४ भदौ ।
  • हिन्दू महिलाको महान् चाड हरितालिका तीज महँगा होटेलमा दरखाने त्यहीअनुरुप गर गहना एवं कपडाको बढ्दो प्रयोगले भड्किलो बन्दै गएको अवस्थामा यहाँको एक सञ्चारगृहले भने संस्कृतिलाई विकृति नबनाउन प्रेरित गर्दै स्वस्थ्य र उद्यमी बन्न सन्देश दिएको छ ।
  • महिला वर्गको मात्र लगानी, सक्रियता र सञ्चालनमा रहेको रेडियो जननीले निःशुल्क क्यान्सर रोग परीक्षण शिविर, जनचेतना ¥यालीसँगै उद्यमशीलताको विकासलाई तीज पर्वसँग जोडेको हो ।

पोखरा, २४ भदौ । हिन्दू महिलाको महान् चाड हरितालिका तीज महँगा होटेलमा दरखाने त्यहीअनुरुप गर गहना एवं कपडाको बढ्दो प्रयोगले भड्किलो बन्दै गएको अवस्थामा यहाँको एक सञ्चारगृहले भने संस्कृतिलाई विकृति नबनाउन प्रेरित गर्दै स्वस्थ्य र उद्यमी बन्न सन्देश दिएको छ ।महिला वर्गको मात्र लगानी, सक्रियता र सञ्चालनमा रहेको रेडियो जननीले निःशुल्क क्यान्सर रोग परीक्षण शिविर, जनचेतना ¥यालीसँगै उद्यमशीलताको विकासलाई तीज पर्वसँग जोडेको हो ।

‘आर्थिक समृद्धिका लागि उद्यमशीलतासँगै क्यान्सर सचेतना’ भन्ने मूल नाराका साथ स्थापनाकालदेखि रेडियो सामाजिक सेवामा समर्पित रहँदै आएको प्रवन्धक विमला भण्डारी बताउनुहुन्छ ।रेडियोले वर्षभरि आफ्ना प्रचारप्रसारका सामग्रीमा समेत सर्वसाधारणलाई क्यान्सर रोग लाग्नाका कारण, उपचारका एवं आहारविहारका सम्बन्धमा सचेत गराउँदै स्वस्थ बनेर उद्यमशीलताको विकास गर्न महिला वर्गलाई प्रेरितसमेत गर्दै आएको उहाँको भनाइ छ ।
‘जननी तीज विशेष हस्तकला व्यापार मेला’ भन्ने मूल नाराका साथ रेडियोले तीन हजार महिलालाई उद्यमी तालीम प्रदान गरेको जननी रेडियोका संस्थापक अध्यक्ष हीरा भट्टराईले जानकारी दिनुभयो ।

‘स्वास्थ्य नै धन हो’ भन्ने सन्देश दिने उद्देश्यका साथ आयोजित शिविरमा महिलाको लागि निःशुल्क स्तन क्यान्सर परीक्षण, भिआइए परीक्षण गर्नुका साथै जनचेतना अभिवृद्धिका सामग्री बिक्री तथा प्रदर्शनी गरिएको रेडियोका सल्लाहकार एवं कार्यक्रम संयोजक लक्की कार्कीले जानकारी दिनुभयो ।पोखरा महानगरपालिका र जिल्ला समन्वय समितिको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भएको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले तीजगीत प्रस्तुत गरेर उपस्थित महानुभावलाई मनोरञ्जनसमेत प्रदान गर्नुभएको थियो ।

नेपालमा दिनप्रतिदिन क्यान्सर रोगका कारण महिला तथा पुरुषको स्वास्थ्य जोखिममा पर्दै गएको वर्तमान अवस्थामा रोगको न्यूनीकरणका साथै विशेष गरी महिलालाई उद्यमी बन्न रेडियोले निरन्तर अभियान सञ्चालन गर्दै आएको अध्यक्ष मिलन थापा बताउनुहुन्छ ।वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बरालले नेपालमा जनचेतनाको अभावले दिनप्रतिदिन बढेको क्याम्सर रोगको कारण वार्षिक १७ हजारले ज्यान गुमाउने गरेको उल्लेख गर्नुभयो ।

क्यान्सर रोग लागेको बिरामी अन्तिम अवस्थामा अस्पताल आउने गरेको कारण अपेक्षितरुपमा बचाउन नसकिएको बताउँदै उहाँले सुर्तीजन्य वस्तुबाट मात्र मुलुकमा ९० प्रतिशत क्यान्सर लाग्ने गरेको तथ्याङक दिनुभयो ।गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले मुलुकमा भयावह अवस्थामा देखिएको क्यान्सर रोगको न्यूनीकरणका लागि जनचेतना अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।पोखरा र आसपासका क्षेत्रमा पछिल्लो समय तीजपर्वलाई संस्थागत र सामूहिकरुपमा शुभकामना आदानप्रदान र रचनात्मक कार्य गरेर मनाउने प्रचलन बढेकोछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छक्का पञ्जा ३ः ‘पछि उमेर ढल्किन्छ’ भन्दै यसरी फकाए दिपकले दिपिकालाई !(भिडियो सहित)
छक्का पञ्जा ३ः ‘पछि उमेर ढल्किन्छ’ भन्दै यसरी फकाए दिपकले दिपिकालाई !(भिडियो सहित)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम
प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधार
प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधार
बममाथि सुतेर वार्ताको कल्पना गरिन्नः सरकारका प्रवक्ता
बममाथि सुतेर वार्ताको कल्पना गरिन्नः सरकारका प्रवक्ता
वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु
वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु
६२ रोहिंज्या शरणार्थी स्वदेश फिर्ता
६२ रोहिंज्या शरणार्थी स्वदेश फिर्ता
पाँचथरमा आगलागी, दुई जनाकाे ज्यान गयाे
पाँचथरमा आगलागी, दुई जनाकाे ज्यान गयाे
मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ : अध्यक्ष लिङ्देन
मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ : अध्यक्ष लिङ्देन
चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति
राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड
राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड

तपाईंले छुटाउनुभयो कि?