बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत
सारांश
- बर्दिया ।
- बर्दियाको बढैयाताल गाउँपालिका—८ पशुपतिबजारमा आफ्नै प्रेमीले साथीलाई बोलाएर प्रेमिकाको सामूहिक बलात्कार गरेका छन् ।
- पशुपतिबजार देखि २ सय मिटर दक्षिणमा प्रेमीको घरमा १८ वर्षीया किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका—८ पशुपतिबजारमा आफ्नै प्रेमीले साथीलाई बोलाएर प्रेमिकाको सामूहिक बलात्कार गरेका छन् । पशुपतिबजार देखि २ सय मिटर दक्षिणमा प्रेमीको घरमा १८ वर्षीया किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।सामुहिक बलात्कार गरेको अभियोगमा सोही ठाउॅका २४ वर्षीय अशोक सुनार र २२ वर्षीय श्रीधर थापालाई पक्राउ गरेको छ।
ती किशोरीलाई विवाह गर्ने भन्दै घरमै साथीसहित पालैपालो बलात्कार गरेको प्रहरीले बताएको छ। विवाह गर्छु भनेपछि ती किशोरी घर छाडेर आएकी थिइन्। किशोरीलाई दुईवटा कोठामा पालैपालो बलात्कार गरिएको अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसार ती किशोरीलाई साथीलाई पनि यौन सम्पर्क गर्न दिए विवाह गर्ने भनेर बाध्य गराएको देखिन्छ।’
बलात्कार भएको भोलिपल्ट विहे पछि गर्छु अहिले घर जाउ भनेपछि किशोरी रुन थालेपछि प्रहरीलाई जानकारी भएको थियो। अहिले दुवैजनालाई सामूहिक बलात्कारको अभियोगमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया